२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

राप्रपा र राप्रपा नेपाल बीच तत्काल एकता गर्न राप्रपा पाल्पाको माग

५ बैशाख २०७३, आईतवार ०८:२३

बैशाख ५ पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले राप्रपा र राप्रपा नेपाल बीच तत्काल एकता गर्न केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै संविधानसभाको निर्वाचन पछि नयाँ संविधान आइसकेको अवस्था मा पार्टीले केन्द्रिय परिषदको बैठक वोलाई राजनितिक समिक्षा गर्नुपर्ने माग गरेको छ ।

पार्टी सरकारमा सहभागी भइसकेपछि जनताको लागि राहत हुने खालका कुनैपनि गतिविधि नभएको हुदा पार्टीले पुनरविचार गर्नुपर्ने, २०७० सालमा भएको पार्टीको महाधिवेशनले गरेको अध्यक्षको आलोपालो प्रणालीलाई केन्द्रिय नेताहरुले पालन नगरेका कारण पार्टीमा विचलन आएको भन्दै विधानको पालना गरी जनतामा परेको भ्रम सिर्जना गर्ने काम तत्काल रोक्न अनुरोध गरिएको राप्रपा पाल्पाका अध्यक्ष डुलवहादुर कुवँरले जानकारी दिनुभएको छ ।

बैठकमा प्रमुख अतिथि केन्द्रिय सदस्य प्रतिमा क्षेत्रि, विशिष्ट अतिथि केन्द्रिय सदस्य मीनबहादुर कुँवर लगायतले पार्टीको वर्तमान अवस्थाका बारेमा सहजिकरण गर्नुभएको थियो । बैठक राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

– सुवास वि.सी बाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य