२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘हलेसी’–साईनो स्टार मंसिरबाट

११ श्रावण २०७५, शुक्रबार ०८:१९

चिसाङ शेर्पा | साउन ११, खोटाङ | खोटाङमा बृहत एकल सांगीतिक प्रतियोगिता ‘हलेसी’–साईनो स्टार २०७५’ आयोजना हुने भएको छ । जिल्लाभरीका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर बिश्वसामू पुर्याउनका निम्ति बृहत एकल सांगीतिक प्रतियोगिता हलेसी–साईनो स्टार सञ्चालन हुने भएको हो ।

खोटाङबाट सञ्चालित हलेसी टाईम्स दैनिक पत्रिका र स्थानिय साईनो कला केन्द्र दिक्तेलको संयुक्त आयोजनामा आगामी मंसिर ९ गतेबाट दुइ नगरपालिका, आठ गाउँपालिकामा ‘हलेसी’–साईनो स्टार’ सुरुवात हुने शुक्रबार साईनो कला केन्द्र दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

तीन महिनाको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएर सुरुवात हुने हलेसी–साईनो स्टारको पहिलो चरण अडिसन मंसिर ९ गते साकेला गाउँपालिका, १० गते दिप्रुङ चुईचुम्मा गाउँपालिका, १२ गते खोटेहाङ गाउँपालिका, १४ गते जन्तेढुंगा गाउँपालिका, १६ गते बराहपोखरी गाउँपालिका, २० गते हलेसी तुवाचुङ नगरपालिका, २१ गते रावाबेंशी गाउँपालिका, २२ गते ऐसेलुखर्क गाउँपालिका, २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, २६ गते केपिलासगढी गाउँपालिका र मंसिर २८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुईपा बजारमा अडिसन हुने हलेसी–साईनो स्टार संयोजक प्रमोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार गाउँपालिका स्तरीय अडिसनबाट दश÷दश जना छनौट गरीनेछ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको हकमा बुईपा र दिक्तेलबाट दश÷दश जना गरी बिसजना छनौट गरिनेछ । प्रतियोगितामा छिमेकी जिल्लाका ईच्छुकहरुले समेत भाग लिन सकिनेछ ।

गाउँपालिका स्तरीय अडिसनपछि जिल्ला स्तरीय अडिसन, जिल्ला स्तरीय दोश्रो, तेश्रो, चौथो, पाचौं, छैटौं तथा माघ पहिलो हप्ता सातौ अडिसनसँगै प्रतियोगिता सम्पन्न हुने हलेसी–साईनो स्टारका निर्देशक डिएम चाम्लिङ राईले बताए । प्रतियोगिताका प्रथमले नगद ५५ हजार ५ सय ५५, गीत रेकर्डिङ, एक वर्ष संगीत कक्षा र प्रमाणपत्रका साथमा ट्रफि प्राप्त गर्नेछन् । यस्तै, द्धितियले नगद ३० हजार, एक वर्ष संगीत कक्षा, प्रमाणपत्र, ट्रफि र तृतियले १५ हजार नगदसहित एक वर्ष संगीत कक्षा, प्रमाणपत्र र ट्रफि पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो