१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको ५ नं प्रदेश बैठक सम्पन्न, माओवादी केन्द्रमै फर्कन आव्हान गरिने

१३ श्रावण २०७५, आईतवार ०५:२३

साउन १३, काठमाडौँ | ने.क.पा (माओवादी केन्द्र) को ५ नं. प्रदेश पार्टी कमिटीको प्रथम वैठक रुपन्देहीको वुटवल स्थित अमरपथमा उपाध्यक्ष तथा प्रदेश नं. ५ का पार्टी इन्चार्ज भविसोर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको छ । 

पार्टी श्रद्धेय अध्यक्ष क. गोपाल किराती र पार्टी सचिव तथा क्रान्तिकारी टेड्र युनियन महासंघका केन्द्रीय अध्यक्ष राजन तिमिल्सीनाको विशेष उपस्थिती रहेको सो वैठकको संचालन पार्टी सचिवालय सदस्य, अ.ने.रा.स्व.वि.यू. (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष तथा प्रदेश संयोजक आलोक रायमाझीले गर्नु भएको थियो भने वैठकमा ५ नं. प्रदेश अन्तर्गतका पार्टी सचिवालय सदस्यहरु, पोलिटव्यूरो सदस्यहरु, पार्टी सल्लाहाकार र जिल्ला इन्चार्जहरुको उपस्थिती रहेको थियो । 


वैठकको आरम्भ प्रचण्ड लगायतको समुहले ने.क.पा.(माओवादी केन्द्र) परित्याग गरेपछिको स्थितिमा माओवादी आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता दिने प्रतिवद्धता सहित सुरु भएको थियो । 

उक्त प्रदेश कमिटिको वैठकले प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा जवस, मोर्चा, र विभागहरु गठन गर्ने, पार्टीका तीन अभियानः भ्रष्टाचार र मंहगी विरुद्धको अभियान, विचारधारात्मक तथा संगठन सुदृढीकरण अभियान, राष्ट्रिय स्वाधिनता प्रतिरक्षा अभियानलाई निरन्तरता दिने, माओवादी मान्नेहरुको विचमा पार्टी एकताको लक्ष्य राखेर मोर्चा बनाउने पार्टीको निर्णय बमोजिम प्रदेश स्तरको मोर्चा बनाई सघर्षलाई तिव्र बनाउने, कथित एकताको राजनीतिक तथा वैचारिक रुपमा भण्डाफोर गर्ने, माओवादी केन्द्र छोडेर नजान प्रदेशहरुका सवै कमरेडहरुलाई अपिल गर्ने, छोडेर गएकाहरुलाई घर फर्कन आव्हान गर्ने र ५ नं. प्रदेश कार्यालय रुपन्देहीको बुटवलमा स्थापना गर्ने जस्ता माओवादी आन्दोलनलाई निरन्तरता दिने ऐतिहासिक निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ । 

बैठकमा अध्यक्ष तथा प्रदेश नं. ५ का इन्चार्ज भविसोर पराजुलीले बैठकका निर्णयहरुलाई दृढतापूर्वक कार्यान्वय गर्न निर्देशन दिदै सौहार्दपूर्ण वातावरणमा बैठक समापन भएको घोषणा गर्नु भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन