२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा पहिराले दुई घर बगायो

१३ श्रावण २०७५, आईतवार १५:०७

साउन १३, नुवाकोट | पञ्चकन्या गाउंँपालिकामा पहिराले आज दुई घर भत्काएको छ । 

पञ्चकन्या गाउँपालिका–२ कविलासका हर्कबहादुर थापा र रुद्रबहादुर थापाको घर पहिराले भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिराले दुई घर भत्काउँदा लाखौंँको क्षति भएको छ । 

भूकम्पपछि पुनःनिर्माण गरिएको घर पहिराले पूर्ण रुपमा क्षति पुर्याएको पञ्चकन्या – २ का वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिनुभयो । केही दिन पहिले आएको पहिरो डोजरले हटाइए पनि पुनः गए राति पहिरो आएपछि घर बस्नै नमिल्ने गरी भत्किएको वडाध्यक्ष मिश्रले बताउनुभयो । 

पहिरो पीडित थापाद्वय छिमेकीको शरणमा बसेका छन् । पहिराबाट मानवीय क्षति र पशुचौपायामा क्षति नपुगे पनि घरमा रहेको खाद्यान्नलगायत सामग्रीमा भने क्षति पुगेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने