2026-10-27 03:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

प्रारम्भिक बाल विकासलाई प्रमुख प्राथमिकता दिनुपर्ने

दान बहादुर बुढा | साउन १४, मुगु | प्रारम्भिक बाल विकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी”को मूल नारा दिएर मुगु जिल्लामा प्रारम्भिक बालविकास केन्द्रका सहजकर्ताहरुका लागि पाँच दिने अभिभावक शिक्षा तालिम सम्पन्न भएको छ । 

तालिममा प्रारम्भिक बाल्यावस्थाका बालबालिकाहरुको सर्वांगीण विकासका लागि नव दम्पत्ति, गर्भपती महिला, अभिभावक, तथा स्याहारकर्ताहरुमा जनचेतना जागरण गर्ने, उपयुक्त तरीकाले  उत्प्रेरणावर्धक वातावरणमा बालबालिका हुर्काउने र उनीहरुको आत्मविश्वास बढाउनमा अभिभावक तथा स्याहारकर्ताहरुको भूमिकालाई सक्रिय बनाउने विषयवस्तु समेटिएका कुरा तालिमका प्रशिक्षक शशी वि.सी. ले जानकारी गराउनु भयो । त्यसैगरी, अभिभावक शिक्षा सञ्चालनको क्रममा सत्र सहजीकरणका चरणहरु, हालसम्मका राम्रा अभ्यासहरु, आगामी दिनहरुमा सुधार गर्नुपर्ने पक्षहरुको विश्लेषण, एवं शिशु बाल विकास केन्द्र र पूर्व प्राथमिक कक्षामा बालबालिकाहरुलाई नियमित सहभागी गराउन प्रेरित गर्ने प्रभावकारी उपायहरु बारेमा समेत विचार आदानप्रदान गरिएको थियो । विगतको शैक्षिक प्रणालीमा प्रारम्भिक बाल विकास केन्द्रलाई विद्यालय शिक्षाभन्दा बाहिर राखेको थियो भने संघीय शासन प्रणालीले विद्यालय क्षेत्र विकास योजनामार्फत विद्यालय शिक्षाको अभिन्न अंगको रुपमा लिएको छ । 

प्रारम्भिक बाल विकास तथा शिक्षा, आधारभूत शिक्षा, अभिभावक शिक्षाको नीति, कानून तथा मापदण्ड, योजना तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्यांकन र नियमनको पूर्ण अधिकार स्थानीय सरकारको प्रमुख जिम्मेवारी भएको हुँदा यसको दिगो तथा प्रभावकारी व्यस्थापन गर्न स्थानीय सरकारले प्रत्यक्ष संलग्नता र सहभागिताको लागि पहल र भूमिका खेल्नु पर्ने बारेमा तालिमका सहभागीहरुले धारणा व्यक्त गर्नुभएको थियो ।  

तालिम विभिन्न चार चरणहरुमा सञ्चालन भएको हो । पहिलो चरण र दोश्रो चरण असार २१ देखि ३१ गतेसम्म छाँयानाथ रारा नगरपालिको गमगढीमा भएको थियो भने तेश्रो र चौथो चरण श्रावण १९ देखि २३ गतेसम्म गमगढी र खत्याड गाँउपालिकाको माझचौरमा भएको थियो । तालिममा मुगुमकार्मारोंग गाँउपालिकाबाट ४ जना, सोरु गाँउपालिकाबाट २० जना, खत्याड गाँउपालिकाबाट २० र छाँयानाथ रारा नगरपालिकाबाट ३९ जना सहजकर्ता एवं शिक्षा विकास तथा समन्वय ईकाइबाट ४ जना गरी जम्मा ८७ जना सहभागीहरु हुनुहुन्थ्यो । 

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागको सहकार्य तथा यूनिसेफको आर्थिक सहयोगमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्रत्यक्ष सहजीकरणमा तालिम सञ्चालन भएको हो । छाँयानाथ रारा नगरपालिका प्रमुख हरिजंग शाहीको प्रमुख अध्यक्षतामा गमगढीमा भएको सबै चरणको तालिमको समापन समारोहमा प्रमुखबाट प्रारम्भिक बाल विकास केन्द्रको लागि आवश्यक सामग्रीहरु हस्तान्तरण गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने