2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

खत्याड गाउँपालीकामा कार्यरत स्वास्थ्यकर्मिले तलब भत्ता पाएनन्

नन्द बहादुर रोकाया | साउन १६, मुगु | मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका अन्तरगतका स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीले ३ महिना देखी तलब भत्ता पाएका छैनन् ।अघिल्लो आर्थिकबर्ष सकिएर नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि खत्याड गाउपालिका अन्तरगत स्वास्थ्य संस्थामा कार्यरत ३८ जना स्वास्थ्यकर्मीले तलब नपाएका हुन् । 

तलब नपाउदा जिल्ला बाहिरका स्वास्थ्यकर्मिलाई खानु ,बस्न्न निकै समस्या भएका स्वास्थ्य चौकी गम्थाका ईन्चार्ज सन्तोष चौधरीले बताउनुभयो  । तलब भत्ता नपाउनेमा  खत्याड गाउँपालीका अन्तरगतका प्राथमिक स्वास्थ्य केन्द्र रातापानी, सुकाढीक, ह्याङ्गलु, गम्था, श्रीकोट, खमाले र सेरी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी र सहायक कर्मचारी रहेका छन् । गहेको साउन ९ गते गाउँपालिकाको कार्यालयमा स्वास्थ्य संस्थाका ईन्चार्ज र गाउँपालिकाका प्रतिनिधी बीच बैठक बसी २, ३ दिनमा सम्पूर्ण कर्मचारीको तलब खातामा हाल्ने निणय गरिएको भएपनी अहिलेसम्म कसैको तलव भत्ता नहालेको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीका प्रमुख बिष्णु बहादुर शाहीलेको भनाई छ । 

यसै बिच खत्याड गाउँपालीकामा कार्यरत स्वास्थ्यकर्मिले ३ महिना देखी तलब भत्ता नपाएको भन्दै आज बाट आन्दोलका कार्यक्रम शुरुगरेका छन । आज पहिलो दिन खत्याड गाउँपालीकामा रहेका स्वास्थ्य संस्था बन्दगरी उनिहरुले स्वास्थ्य संस्था अगाडि धर्ना दिईरहेका छन । तलब भत्ता नपाउदँ सम्म आन्दोलन जारी राख्ने स्वास्थ्यकर्मिको भनाइृ छ । खत्याड गाउँपालीकाम रहेका स्वास्थ्य संस्था बन्दा हुदाँ उपचार गर्न आउने बिरामी रित्तो हात घर फर्किन बाध्य भएका छन । 

उपचार गराउन जिल्ला अस्पताल जाउ एक दिन लाग्ने , यता यस्तै कसरी उपचार गराउने हो भन्दै बिरामि मर्कामा परेका छन , यता खत्याड गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत मणीचन्द्र कार्कीले माथिल्लो निकायमा धेरै पटक पहल गर्दा पनि स्वास्थ्य सेवा बिभागले रकम निकासा नदिँदा तलव उपलब्ध गराउन नसकेको बताए । स्वास्थ्य सेवा बिभागमा थप पहल भएको र माथिबाट बजेट निकासा भइ आएमा स्वास्थ्यकर्मिको तलब उपलब्ध गराइने अधिकृत कार्काीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ