२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

पासाङल्हामु राजमार्ग सञ्चालन

१८ श्रावण २०७५, शुक्रबार १३:०८

साउन १८, नुवाकोट | चार दिनदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग आज साँझबाट सञ्चालनमा आएको छ । 

पासाङल्हामु राजमार्गको त्रिशूली बेत्रावती खण्डको विदुर नपा–१० तिरतिरेमा गएको पहिरोले चार दिनसम्म अवरुद्ध सडकको पहिरो हटाएपछि आज साँझबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । सडक गत मंगलबार बिहान पहिरो गएपछि अवरुद्ध भएको थियो । पहिरोको कारण रसुवा र राजधानी काठमाडौँ बीचको सडकयात्रा रोकिँदा सयौँ यात्रुले सास्ती झेल्नु परेको थियो । 

सडक खुलेपछि पहिरोको कारण रोकिएका सयौँ सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेसी सडकको मनकामनामा पहिरोका कारण सडक अवरुद्ध भएकाले कारण वैकल्पिक सडकसमेत सञ्चालन नहुँदा सयौँ सवारीसाधन नुवाकोटमा रोकिएको थियो । 

राजधानी जाने क्रममा चार दिनदेखि पहिरोको कारण नुवाकोटमा रोकिएका रसुवा काँग्रेसका नेता लामाकार्पु तामाङले त्रिदेशीय राजमार्ग भएकाले यस्ता पहिरोको सम्भावित जोखिमस्थलहरुलाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने र पहिरो गएमा तत्काल हटाउनुपर्ने विचार व्यक्त गर्नुभयो । 

तिरतिरेको पहिरोका कारण विदुर नपा–१० गैरीखर्कका ५० घर जोखिममा परेकाले बस्ती जोगाउन पहिरोलाई दीर्घकालीन रुपमा रोक्ने उपाय वडाध्यक्ष गणेशकुमार नेपालले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा