२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दाइजो प्रथा अन्त्यका लागि विशेष अभियान चलाउनुपर्ने

१९ श्रावण २०७५, शनिबार ०७:३१

साउन १९, लहान | तराई–मधेशका जिल्लामा सामाजिक कुप्रथाको रुपमा रहेको दाइजो प्रथा अन्त्यका लागि सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । 

समग्र विकास सेवा केन्द्रले आज सप्तरीको कञ्चनरुप नगरपालिकामा आयोजना गरेको दाइजो प्रथा न्यूनीकरणसम्बन्धी अन्तक्र्रियामा सहभागीले परम्परागत सोच र देखासिकीका कारण बढ्दो दाइजो प्रथाले गर्दा कतिपय महिलाले ज्यान गुमाउनु परेकाले यसलाई अन्त्य गर्न सरकारले विशेष अभियान नै चलाउनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा प्रदेशसभा सदस्य रुवी कर्णले अशिक्षित र गरीबभन्दा पनि पढेलेखेका र धनी परिवारमा दाइजो प्रथा व्याप्त रहेको उल्लेख गर्नुहुँदै त्यसलाई न्यूनीकरण गर्न सरकारले विशेष अभियान ल्याउनुपर्नेमा जोड दिनुभयो । 

पितृसतात्मक सोचका कारण अझै महिला दाइजोको निहुँमा हिंसा भोग्न बाध्य रहेको उल्लेख गर्नुहुँदै उहाँले प्रदेशसभाले महिलाको पक्षमा कानून निर्माणको प्रक्रिया शुरु गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले दाइजो प्रथाका कारण थुप्रै महिलाले घरेलु हिंसा भोग्नुपरेकाले यसलाई नियन्त्रण गर्न स्थानीय तहले पनि पहल गर्ने बताउनुभयो । 

सो अवसरमा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख निरु पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कञ्चनरुप नगरपालिका–३ का वडाध्यक्ष सत्यनारायण साह, महिला नेत्री सरस्वती चौधरी, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब निरीक्षक रमेश दाहाललगायतले दाइजो नल्याएकै कारण ज्यान गुमाउनु पर्ने सामाजिक परिस्थिति बन्नु निकै गम्भीर कुरा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान