२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सुनिए सुदेश र देवकी

२० श्रावण २०७५, आईतवार ०८:४२

हे झोला अपराधका शिरहरु निर्धक्क बोक्छौ कति ? 

आमा बेच्नु प¥यो भने यदि कतै लौ मूल्य तोक्छौ कति 

कस्ले किन्छ भनेर धड्कन यहाँ गर्दै छु विज्ञापन ? 

खेलौना अनमोल भो तर यहाँ सस्तो भयो जीवन । 

साउन २०, नुवाकोट । ‘सस्तो भयो जीवन’ शीर्षकको कविता वाचन गरिरहँदा कविता सुन्नेहरु हलभरी भए पनि शान्त वातावरण थियो । सदरमुकाम विदुरमा शनिबार आयोजित नुवाकोट कविता कन्सर्टमा ओजपूर्ण आवाजमा युवा कवि सुदेश सत्याल कविता वाचन गर्दै हुनुहुन्थ्यो । 

दश कविता प्रस्तुत गर्नुभएका सत्याल यहाँका साहित्यप्रेमीलाई मन्त्रमुग्ध पार्न सफल हुनुभयो । सत्यालले ‘सिरिया’ शीर्षकको कवितामा सिरियामा भएको युद्धलाई तस्वीरझैँ कवितामा प्रस्तुत गर्नुभएको थियो । ‘बच्चाको मुटु उडाउँदा पनि हाँस्दै छ एटम’ जस्ता शब्द बान्की समेटेको कवितामा सिरियाको युद्ध रोक्नका लागि गरिएको आह्वानमा युद्धाको पीडा सुनेर साहित्यप्रेमी भावुक बनेका थिए । 

कविले ‘सस्तो भयो जीवन’, ‘सधैँ भइरहूँ म तिम्रो सहारा’, ‘दार्जिलिङमाथि एउटा कविता’ ‘ताली नमार्नू अब’, ‘नेपाल बन्द छ’ लगायत कविता वाचन गर्नुभएको यियो । दुई प्रेमिल गजलले पनि दर्शकलाई मोहित पार्न सफल भए । सत्यालले आफ्नो चर्चित कविता ‘फर्केर आऊ घर’ वाचन गरी आफ्नो प्रस्तुतिलाई बिसाउनुभएको थियो । 

‘नुवाकोट पर्यटन प्रवद्र्धनका लागि’ नारासहित नुवाकोट साहित्य प्रतिष्ठानको आयोजनामा भएको कन्सर्टमा अर्का प्रतिभा देवकी अभिलाषीले आफ्ना ११ कविता वाचन गर्नुभएको थियो । कवि अभिलाषीले ‘यो शहरलाई प्रेम गर्छु’, ‘प्रेम उत्सव’, ‘मरुभूमिबाट’, ‘वनमान्छे’लगायत कवितामा शहरले दिने पीडा र पाठ, गाउँको सम्झनादेखि वैदेशिक रोजगारीमा महिलाले भोग्नुपरेको पीडासम्मलाई रचनामा समेट्नुभएको थियो । (रासस)

प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलको अध्यक्षतामा भएको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले साहित्य श्रीवृद्धिका लागि यस्ता कार्यक्रम जिल्लामा निरन्तर हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहभागी कवि राजकुमार पुत्लाले कन्सर्टमा दुवै स्र्रष्टाको दमदार प्रस्तुतिले मन छोएको बताउनुभयो । पर्यटन विकास तथा प्रवद्र्धनमा साहित्यको भूमिका धेरै रहने भएकाले जिल्लाको पर्यटन प्रवद्र्धन गराउनका लागि कसन्र्ट आयोजना गरिएको नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ