५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपालमा लगानी गर्न अर्थमन्त्री डा खतिवडाको आग्रह

२१ श्रावण २०७५, सोमबार ०३:४८

साउन २१, वाशिङटन डिसी (रासस) | अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । 

अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली(एनआरएन)लाई लगानीको लागि आग्रह गर्नुभएको हो । 

“तपाईहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर्न आउनुहोस् हामी सहजीकरण गर्न तयार छौँ” अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “हामी देश समृद्ध बनाउने अभियानमा छौँ, तसर्थ लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति अवलम्बन गरेर कम्पनी दर्तादेखि लगानी गरेर आर्जित गरेको रकमसमेत कर तिरेपछि मुनाफा लैजान सक्ने वातावरण निर्माण गर्न लागेका छौँ ।” 

उहाँले सरकारले समाजवादको अन्तिम खुड्किलोमा पुग्ने प्रयत्न गरेको बताउँदै यसलाई राज्य नियन्त्रित अर्थतन्त्रको परिकल्पनामा गयो भनेर सोच्नु अतिशयोक्ति हुन्छ भन्नुभयो । 

उहाँले थप्नुभयो, “सामाजिक न्यायको सिद्धान्तमा आधारित भएर नागरिकलाई उत्पादनमा प्रोत्साहित गर्ने श्रम गर्न सक्ने र शिक्षित, सीपयुक्त र स्वस्थ्य नागरिकको योगदान खोजेका छौँ ।” 

विश्व बैंकसँग रणनीतिक साझेदारीसम्बन्धी छलफल गर्न डिसी आउनुभएका अर्थमन्त्रीले लगानीको वातावरण निर्माण गरेर आगामी १० वर्षभित्र कोही नेपालीलाई रोजगारीको लागि विदेश जान नपर्ने वातावरण बनाउने बताउनुभयो । 

विश्व भरका दातृनिकाय र दातृसंस्थासँग छलफल गरेर नेपालको समृद्धिमा संवाहक बन्न आफूले आग्रह गर्ने उहाँको भनाइ थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता