Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नुवाकोटमा पहिरोले दुई घर भत्कायो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन २१, नुवाकोट (रासस) | जिल्लाको ककनी र सूर्यगढी गाउँपालिकामा पहिरो जाँदा दुई घर भत्काएको छ ।

ककनी गाउँपालिका–४ ढुङ्गेपौवामा गएराति पहिरो जाँदा स्थानीय कृष्ण लामाको दुईकोठे घर पूर्ण रुपमा भत्किएको छ । घर भत्किएपछि लामाको छ जनाको परिवार विस्थापित भएका छन् । पहिरोबाट रु १० लाखभन्दा बढी क्षति भएको पीडित परिवारले जनाएको छ ।

यसैगरी सूर्यगढी गाउँपालिका–५ गणेशस्थानमा गएराति पहिरो जाँदा स्थानीय रामकुमार पटुवारको चारकोठे घर भत्काएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पको राहत पैसाले निर्माण गरेको सो घरसँगै पहिराले गोठसमेत पुर्दा उहाँको एउटा दुहुनोे भँैसी र एउटा पाडीसमेत मरेको छ । पहिरोको कारण पटुवारको लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।