2026-07-27 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा जिप दुर्घटनामा जिप साहुको मृत्यु

साउन २१, अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कबाट जिल्ला कै मथुराबेशीको लागि छुटेको यात्रु बाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु  भएको छ । 

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा ४ कोटफेराका ३६ बर्षिय सन्तोष भुसाल रहेका छन । लु. १ ज १७७०को उक्त जिप सडक बाट अन्दाजी ४० मिटर तल बारिमा खसेको थियो।पानी परेर चिप्लो सागुँरो बाटोबाट जिप तल खसेको थियो।मथुराबेशिमा यात्रुलाई पुर्‍याई आफ्नो घर फर्कने क्रममा सन्धिखर्क तम्घासको  मुल सडक हटिया कोटफेरा भित्री  साइड बाटोमा  सो जिप दुर्घटना भएको थियो । 

बेलुकी ८ बजेतिर भएको उक्त घटना पछि अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा जिप ब्यबसायी समिती निजका आफन्त लगायत जनसमुदायको बाक्लो उपस्थिति रहेको छ।

मृतक भुसालका श्रीमती २ छोरी रहेका छन ।

उहाँ जिपको साहु र चालक दुबै भएको र बिगत करिब ११ बर्ष देखि जिप चलाउँदै आइरहनु भएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन