2026-07-25 02:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्दयी बाबु जसले अधिकार माग्दा आफ्नै छोरीलाई जिउंदै जलाए

प्रेम सुनार | साउन–२२, बुटवल । एक महिना अघि जलेर मृत्यु भएकी रुपन्देही १६ वर्षिया किशोरीलाई आफ्नो बावुसहित परिवारका सदस्यले ज्युँदै जलाएर मार्ने उद्योष गरेको अभियोगमा त्यहाँका अदालतले पुर्वक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

रुपन्देहीको कञ्चन नगरपालिका वडा नम्वर– ५,  कि १६ वर्षिया समिक्षा ठकुरी गत असार ९ गते आफ्नै घरमा जलेको अवस्थामा गम्भीर घाईते भई  उपचारका क्रममा असार २० गते  उनको मृत्यु भएको थियो ।   

समिक्षालाई ज्युँदै जलाएर  हत्या गरेको अभियोगमा समिक्षाका बावु तेजबहादुर ठकुरी , हजुर आमा हरिमाया ठकुरी र फुपु अमृता भनिने शोभा रानालाई जिल्ला अदालत रुपन्देहीका जिल्ला न्यायधिश शारदाप्रसाद श्रेष्ठको ईजलासले उनिहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

समिक्षाले अधिकार खोज्दा ज्यान लिईयो

समिक्षाकी आमा माया ठकुरी श्रीमानको हेलत्व सहन नसकेर माईतीमा उनै छोरी समिक्षालाई राख्दै बैदेशिक रोजगारका लागि ईराकमा कार्यरत थिईन । समिक्षा बाबुबाट आफु छोरीको अधिकार खोज्न चाहन्थीन ।  उनि अन्याय अत्यचार विरुद्ध  जाग्नु पर्छ भन्ने स्वाभवकी थिईन ।

 जसलाई त्यस परिवारले जिद्धी स्वभावकी केटी भन्थे । उनि आमासंग म मेरो बुवाको घरमा  किन नजाने ? म कति दिन मावली घरमा बस्ने ? भन्दै केहि महिना अघि बाबुको घरमा गई पढ्न थालेकी थिईन । स्थानियका अनुसार त्यस घटनाको केहि दिन अघि घरमा झगडा परेको पनि थियो ।

 समिक्षाले बाबुबाट संघर्ष गरेरै अंश लिन चाहेकी थिईन । जुन कुरा उनका बाबु र अन्य सदस्यलाई शैह्य थिएन । त्यस दिन साँझ राती अवेरसम्म उनि घर बाहिर बसेर मोवाईल चलाउँदै गरेको स्थानियले देखे पनि त्यस पछिको अवस्था अज्ञात छ ।

उनि अर्को दिन भित्र कोठामा जलेर अचेत अवस्थामा भेटिए पछि बुटवल हुँदै उपचारका लागि राजधानी पुराईएको थियो ।   उनको मृत्युको खवर पछि उनकी आमा ईराकबाट फर्केर छोरीको हत्या  गरिएको भन्दै प्रहरीमा जाहेर दिएपछि यो घटना बाहिर आएको हो ।

उपचारका क्रममा समिक्षाकी क्षमा नाताकी महिलाले सोध्धा समिक्षाले  हजुर आमाले मट्टितेल छरेर जलाएको बताएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्ले जानकारी दिए । उनले भने–‘ यी यावद सवुद प्रमाणको आधारमा अदालतले उनिहरु तिनै जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ’   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ