Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘बोलबम’ यात्रामा गएका महोत्तरीका एक युवकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २३, गौशाला | </b>भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा जानुभएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।&nbsp;<br></p><p>भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उहाँका भाइ लक्ष्मी मण्डलले बताउनुभयो । दुई दिनअघि दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका जीतेन्द्रको हिजो बेलुका भारतकै सिलिगुडीमा उपचारको क्रममा मृत्यु भएको थियो ।&nbsp;</p><p>उहाँ तत्कालीन नेकपा एमालेका नेता रामदयाल मण्डलका भतिजा तथा गत स्थानीय निर्वाचनमा जलेश्वर नगरपालिकामा नेकपा (एमाले)बाट प्रमुख पदका प्रत्यासी रहनुभएका माधव मण्डलका छोरा हुनुहुन्छ ।&nbsp;</p>