२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा पुनःनिर्माणका लागी ५ सय लाभग्राही थप

२३ श्रावण २०७५, बुधबार १०:५१

साउन २३, ललितपुर | भूकम्पपछिको पुनःनिर्माणका लागि जिल्लामा ५३८ लाभग्राही थप भएका छन् । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो सम्झौता गर्ने मिति सकिँदै गर्दा नयाँ लाभग्राही थप गरेको हो । कतिपय लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका र कतिपय नयाँ लाभग्राही पहिचान भएका छन् । 

प्राधिकरण सूचना प्रणाली व्यवस्थापनविज्ञ राकेश महर्जन भन्नुहुन्छ, “पहिले लाभग्राहीको सूचीमा नपरेका लाभग्राही गुनासो भरेर अहिले पर्नुभएको हो ।” थप भएका लाभग्राहीको अनुदान सम्झौता र पहिलो किस्ता लिने प्रक्रिया अघि बढेको छ । 

पाँच लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका छन् । यसअघि ६६७ जना प्रबलीकरणका लाभग्राही थिए । उनीहरुमध्ये धेरै पुनःनिर्माणको लाभग्राही सूचीमा पर्न लागिपरेका छन् । 

विसं २०७२ मा भूकम्पलगत्तै सरकारले क र ख वर्गमा गरेर पुनःनिर्माण र सबलीकरणका लाभग्राही पहिचान गरेको थियो । उहाँले भन्नुभयो, “त्यसयता पनि गुनासोबाट लाभग्राही थप भइरहेका छन् ।” 

भूकम्प गएको तीन वर्ष नाघिसक्दा समेत जिल्लामा निजी आवास निर्माण निकै सुस्त गतिमा अघि बढेको छ । अहिलेसम्म जम्मा १४ प्रतिशत लाभग्राहीले मात्रै तेस्रो किस्ता बुझेका छन् । दोस्रो किस्ता बुझ्ने लाभग्राही २८ प्रतिशत र पहिलो किस्ता लिने लाभग्राही ९८ प्रतिशत छन् । उहाँ भन्नुहुन्छ, “कतिसँग नयाँ सम्झौता हुँदै भएकाले जिल्लामा निजी आवास सम्पन्न गर्न समय लाग्नेछ ।” प्राधिकरणले दोस्रो सम्झौताका लागि असार मसान्त र तेस्रो सम्झौता गर्न आगामी पुस मसान्तसम्मको अवधि तोकेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य