2026-09-01 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

साउन २४, चितवन | पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ । 

कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । 

माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गरिने छ । जुन बस्तीमा जुन जातिको बाहुल्यता छ, त्यही जातिका परिकारको स्वादमा स्थानीय रहनसहन र सांस्कृतिक प्रदर्शनीमा रम्न सक्ने गरी होमस्टे निर्माण गर्न लागिएको हो । यो वर्ष थारु, बोटे र राईका होमस्टे खुल्नेछन् । 

ढकालका अनुसार यसपाली नगरसभाले होमस्टे बनाउन रु ७५ लाख छुट्याएको छ । “होमस्टेका लागि समुदायको पनि लगानी हुन्छ, विभिन्न संघ संस्थासँग पनि सहकार्य हुन्छ, ढकालले भन्नुभयो, होमस्टेमार्फत आयआर्जनको विकास र पर्या–पर्यटनको विकास गर्नु हाम्रो लक्ष्य हो ।” 

माडी नगरपालिका–८ शिवद्वारमा विगत केही वर्षदेखि मगर समुदायको होमस्टे सञ्चालनमा छ । अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारमा आएका पाहुना सोरठी, सालेजु, चुड्का, ठाडो भाका प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् । यहाँ स्थानीयस्तरमा पाउने मौलिक खाना पाइन्छ । अबका होमस्टे पनि स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी निर्माण हुनेछन् । 

यस वर्ष माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायको संस्कृति देखाउने उद्देश्यसहितको १५, वडा नं ३ बघौडामा १० थारु होमस्टे र वडा नं ९ को राईटोलमा आठ राई होमस्टे निर्माण हुने नगरपालिकाले जनाएको छ । यस्तै शिवद्वारमा रहेको ११ होमस्टेको स्तरोन्नतिसहित नौँ थपेर २० पु¥याउने लक्ष्य राखिएको छ । 

माडी नगरपालिका–३ बघौडामा माडी सामुदायिक होमस्टे निर्माणका लागि यहाँको घरधुरी लगत संकलनसमेत गरिएको छ । ३५ घरधुरी रहेको सो बस्तीमा होमस्टे निर्माणका लागि ओमप्रकाश महतोको संयोजकत्वमा एक समिति निर्माण गरिएको स्थानीय सहयोगी संस्था सीप नेपालका सचिव गोविन्द न्यौपानेले जानकारी दिनुभयो । स्थानीय समुदायलाई अनुभव संगाल्न अन्यत्रको होमस्टेमा लगेर स्थलगत अवलोकन गराइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही भोटेकोशी बाढीपीडितका लागि ऊर्जा उद्यमीले दिए १३ करोड रुपैयाँ सहयोग सभामुख अर्यालले एक महिनाको पारिश्रमिक दैवी प्रकोप उद्धार कोषमा दिने एमाले संसदीय दलको बैठक सुरु बाढीपीडितको शव पहिचानमा चीनले सघाउने, डीएनए विज्ञसहित उपकरण पठाउने बाढीले भारत पुर्‍याएका १७ शव फेला, पहिचानका लागि नेपाललाई जानकारी बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली