Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पासाङल्हामु राजमार्ग अवरुद्ध

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन २४, नुवाकोट | </b>पासाङल्हामु राजमार्गको त्रिशूली– वेत्रावती खण्डको विदुर नपा–१ सिम्बुटारको खोल्सीमा सडक भासिएर खसेकाले यातायात अबरुद्ध भएको छ ।&nbsp;<br></p><p>अविरल वर्षाका कारण आज बिहान सडक भासिँदा काठमाडौंँबाट रसुवा र रसुवाबाट काठमाडौंतर्फ हिँडेका सवारीसाधन रोकिएका छन् ।&nbsp;</p><p>सडक भत्किएपछि साना सवारीसाधन मात्र सञ्चालन भएकामा अहिले भत्किएको सडक बनाउने काम भइरहेकाले सबैखाले सवारीसाधन रोकिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । बस रोकिएपछि वैकल्पिक सडक नभएका कारण यात्रुहरु भत्किएको सडक पार गरी अर्को सवारीसाधन चढेर गन्तव्यतिर गइरहेका छन् । भत्किएको सडक बनाउने काम तीव्रताका साथ भइरहेकाले आज बेलुकासम्म सडक सञ्चालन हुन सक्ने प्रहरीले जनाएको छ ।&nbsp;</p>