२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा दोगडाकेदारको बाटो मर्मतपछि सहजता

२४ श्रावण २०७५, बिहीबार ११:०२

साउन २४, बैतडी | दोगडाकेदार गाउँपालिका– ६ का बासिन्दालाई वर्षातको समयमा भिरबाट ढंङ्गा खस्ने र साघुँरो बाटोमा चिप्लिएर लड्ने डर रहन्थ्यो । पन्ज्युनयाँ खोलाको किनार भएर हिँड्ने बालबालिका, वृद्धवृद्धा तथा अन्यलाई हिँड्डुल गर्न निकै सकसपूर्ण हुन्थ्यो । 

गाउँमा कसैको मृत्यु भएमा दाहसंस्कार गर्न लैजाँदा नदीमा खस्ने डर हुन्थ्यो । अहिले सो क्षेत्रमा गाउँपालिकाले बाटो मर्मत गरेर फराकिलो पारेपछि सहज भएको छ । हिउँदमा खच्चरमा सामान बोक्ने गरेकामा वर्षातमा बाटोको समस्याले खच्चरमा सामान ढुवानी गर्न सकिँदैनथ्यो । 

अहिले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मानमती कार्कीले भन्नुभयो । दोगडाकेदार–६ मा करीब एक हजार ३०० मिटर बाटो मर्मत भएको छ । यो रिम र सित्तडलाई जोड्ने मुख्य बाटो हो । गाउँपालिकाको रु २० लाख सहयोगमा पन्ज्युनयाँ–खौला बाटो मर्मत गरिएको हो । 

“वर्षातमा भारी बोकेर आउन निकै समस्या थियो, अहिले त्यो समस्या हटेको छ,” दोगडाकेदार–१ रिमका प्रेमराम भुलले भन्नुभयो । पहिला वर्षाका बेला हिँड्डुल गर्न नसकिने अवस्था थियो । दैनिक उपभोग्य समान किन्न बजार जानुपर्ने हुन्छ । बाटो अप्ठेरो हँुदा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । सरोकारवालाले ध्यान नदिँदा स्थानीय बासिन्दाले गुनासो गर्दैआएका थिए । 

स्थानीय बासिन्दाको मुख्य आवश्यकताका आधारमा बजेट विनियोजन गरेर बाटो मर्मत गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । आवश्यकताका आधारमा योजना छनोट गर्ने गरिएको उहाँको भनाइ छ । विगतमा आवश्यकताभन्दा पनि व्यक्तिमुखी योजना छनोट हुने गरेको कार्कीको आरोप छ । “योजना सम्पन्न भएपछि अनुगमनलाई कडाइका साथ लागू गरेका छौँ”, कार्कीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै