2026-09-14 05:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा दोगडाकेदारको बाटो मर्मतपछि सहजता

साउन २४, बैतडी | दोगडाकेदार गाउँपालिका– ६ का बासिन्दालाई वर्षातको समयमा भिरबाट ढंङ्गा खस्ने र साघुँरो बाटोमा चिप्लिएर लड्ने डर रहन्थ्यो । पन्ज्युनयाँ खोलाको किनार भएर हिँड्ने बालबालिका, वृद्धवृद्धा तथा अन्यलाई हिँड्डुल गर्न निकै सकसपूर्ण हुन्थ्यो । 

गाउँमा कसैको मृत्यु भएमा दाहसंस्कार गर्न लैजाँदा नदीमा खस्ने डर हुन्थ्यो । अहिले सो क्षेत्रमा गाउँपालिकाले बाटो मर्मत गरेर फराकिलो पारेपछि सहज भएको छ । हिउँदमा खच्चरमा सामान बोक्ने गरेकामा वर्षातमा बाटोको समस्याले खच्चरमा सामान ढुवानी गर्न सकिँदैनथ्यो । 

अहिले ज्यान जोखिममा राखेर हिँड्नुपर्ने बाध्यता हटेको स्थानीयवासी मानमती कार्कीले भन्नुभयो । दोगडाकेदार–६ मा करीब एक हजार ३०० मिटर बाटो मर्मत भएको छ । यो रिम र सित्तडलाई जोड्ने मुख्य बाटो हो । गाउँपालिकाको रु २० लाख सहयोगमा पन्ज्युनयाँ–खौला बाटो मर्मत गरिएको हो । 

“वर्षातमा भारी बोकेर आउन निकै समस्या थियो, अहिले त्यो समस्या हटेको छ,” दोगडाकेदार–१ रिमका प्रेमराम भुलले भन्नुभयो । पहिला वर्षाका बेला हिँड्डुल गर्न नसकिने अवस्था थियो । दैनिक उपभोग्य समान किन्न बजार जानुपर्ने हुन्छ । बाटो अप्ठेरो हँुदा आवतजावत गर्न निकै समस्या हुने गरेको थियो । सरोकारवालाले ध्यान नदिँदा स्थानीय बासिन्दाले गुनासो गर्दैआएका थिए । 

स्थानीय बासिन्दाको मुख्य आवश्यकताका आधारमा बजेट विनियोजन गरेर बाटो मर्मत गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो । आवश्यकताका आधारमा योजना छनोट गर्ने गरिएको उहाँको भनाइ छ । विगतमा आवश्यकताभन्दा पनि व्यक्तिमुखी योजना छनोट हुने गरेको कार्कीको आरोप छ । “योजना सम्पन्न भएपछि अनुगमनलाई कडाइका साथ लागू गरेका छौँ”, कार्कीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ