2026-10-23 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

२४ औँ विश्व आदिवासी दिवस मकवानपुरमा बिबिध कार्यक्रमगरि भव्यताका साथ मनाइयो ।

साउन २४, मकवानपुर | २४ औँ विश्व आदिवासी दिवस मकवानपुरमा बिबिध कार्यक्रमगरि भव्यताका साथ मनाईएको छ । आदिवासी जनजातिका साँस्कृतिक झाँकीसहित र्याली गर्दै साँस्कृतिक समारोह गरि दिवस मनाईएको हो ।

‘अधिकार, प्रतिनिधित्व र स्वायत्तता÷स्वशासनका लागि आदिवासी जनजातिको अडान, मानव पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नारासहित आयोजित दिवसमा मगर, थारु, तामाङ्ग जातीय नृत्य पनि प्रस्तुत गरिएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघका प्रदेश ३ (नेवाःताम्सालिङ)को आयोजना तथा आदिवासी जनजाती महासंघ मकवानपुरको व्यबस्थापनमा बिहीबार हेटौंडामा कार्यक्रम भएको हो ।

कार्यक्रमका बक्ताहरुले नयाँ संविधानसहित देश संघीय संरचनामा गए पनि जनजातिहरुको हक अधिकार बृद्धी हुनुपर्नेमा कटौती भएको भन्दै तिब्र आक्रोश पोखेका थिए । जनजातिकै उल्लेख्य सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याईए पनि प्रदेशको नाम समेत नराखिएको भन्दै उनीहरुले गुनासो समेत गरे ।

कार्यक्रम प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालको प्रमुख आतिथ्य तथा आदिवासी जनजाति महासंघका प्रदेश ३ का संयोजक काजीमान थिङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश सांसदहरु कुमारी मोक्तान, ओम घलान, सन्त चेपाङ्गको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्ग, हेटौंडा उपमहानगरपालिका १५ का वडा अध्यक्ष ललित घलान, आदिवासी जनजाती महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष बुद्ध लामा, नेपाल मगर युवा संघका केन्द्रिय अध्यक्ष अशोक सारु मगर, किराँत राई यायोख्याका केबी राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हेटौंडाको पल्पसा सभागृहबाट शुरु भएको जातीय भेषभुषामा प्लेकार्ड, झाँकीसहितको ¥याली बुद्धचोक पुगी पुनः पल्पसामा पुगेर सभामा परिणत भएको आदिवासी जनजाती महासंघ मकवानपुरका सहसचिब जंगबहादुर गुरुङ्गले जानकारी दिए । कार्यक्रममा तामाङ, मगर, राई, माझी, गुरुङ, नेवार, चेपाङ्ग, थारु, भुजेल, कुमाल लगायत जातीय संघसंस्थाहरुले व्यानरसहित सहभागिता जनाएका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष तिर्थबहादुर थापा मगर, नेपाल तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष लिलाकुमार घलान, नेपाल मगर संघका जिल्ला अध्यक्ष शंकर थापा मगर, नेपाल चेपाङ्ग संघका जिल्ला अध्यक्ष खेम चेपाङ्ग, थारु कल्याणकारिणी सभाका हरिलाल चौधरी, नेपाल माझी उत्थान समाजका जिल्ला अध्यक्ष आशिष माझी, नेपाल भाषा खलः मकवानपुरका पूर्व उपाध्यक्ष नन्दरत्न स्थापित, नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष भैरवबहादुर कुमाल  लगाएतको आतिथ्य रहेको थियो ।

विश्वका आदिवासी जनजातिले सन् १९९३ देखि अगस्ट ९ तारिखका दिन विश्व आदिवासी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन् । नेपालमा पनि नेपाल आदिवासी जनजाति महासंघ र महासंघसँग आबद्ध विभिन्न जातीय संघसंस्थाहरुले आदिवासी जनजातिको पहिचानको अधिकार स्थापित गर्ने आन्दोलनको रुपमा विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ । संयुक्त राष्ट्र संघले विश्व आदिवासी दिवसको यसवर्षको नारा ‘आदिवासी जनजातिको बसाँइसराई र स्थानान्तरण’ तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने