२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा स्वास्थ्यचौकी भवन उद्घाटन

२०७५, २६ श्रावण शनिबार ०४:३७

साउन २६, पथरी, मोरङ । मोरङको पथरीशनिश्चरे–२ छयालिस विघेमा निर्मित स्वास्थ्यचौकी भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । 

रू एक करोड १२ लाखको लागतमा निर्मित १८ कोठे दुई तले सो भवन १ नम्बर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट बाँस्तोलाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो । साथै नगरकै पहिलो प्रसूति केन्द्र पनि उद्घाटन गरिएको थियो । 

उक्त स्वास्थ्यचौकीमा सरकारी दरबन्दीमा आठ स्वास्थ्यकर्मी र नगरको स्रोतबाट चार प्रसूति सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र अन्य चार कार्यालय सहयोगीसमेत रहने भएका छन् । स्वास्थ्यचौकी हुँदै अस्पताल निर्माणको योजना अघि बढाइएको सो क्षेत्रमा नगरपालिकाले नमूना शहरको अवधारणा अघि सारेर केही काम थालिसकेको छ । 

स्वास्थ्य चौकीका लागि करिव रु चार करोड बराबरकोे साढे १२ कट्ठा जग्गा दान गर्ने बाबुराम राई, सुनाहाङ सवेन्हाङ, नारायण ढकाल, टंकप्रसाद गिरी, जध्दु शाह, केशवप्रसाद दाहाल, होमबहादुर गुरुङ, रामबहादुर गुरुङ, यक्षप्रसाद ढङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापालाई सम्मान गरिएको थियो । यसैगरी उक्त भवन निर्माणमा उल्लेखनीय योगदान पु¥याउनुहुने जिल्लाका पूर्व जनस्वास्थ्य अधिकृत डा. नवराज सुब्बा, हसन्दह निवासी सन्तोष घिमिरे र पथरी गाविसका पूर्व सचिव मोहन भट्टराईलाई पनि सम्मान गरिएको थियो । 

आगामी दुई वर्षभित्र ५० श्ययाको पथरी प्राथमिक अस्पतालको समेत निर्माणको पहल भइरहेको र यसका लागि केही दाताले जग्गादान गर्ने वचन दिएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो । यसअघि सो चौकी १ नम्बर वडाको पथरी बजारमा थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी