2026-09-19 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका एक दाताद्वारा वडा कार्यालयलाई जग्गादान

साउन २७, दमक | झापाको गौरादह नगरपालिका– ७ को वडा कार्यालय भवन निर्माणका लागि त्यहाँका एक दाताले सात कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् । बैगुनधुरास्थित वडा कार्यालयको भवन निर्माणका लागि स्थानीय रामबहादुर पौडेलले करीब रु ७० लाख मूल्य पर्ने सात कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । 

हालको वडा कार्यालय साविक बैगुन्धुरा गाविसको कार्यालयमा सञ्चालन हँुदै आएको छ । अमर मावि बैगुन्धुराको जग्गामा भवन बनाएर कार्यालय सञ्चालन गर्दै आएको साविक बैगुन्धुरा गाविस र हालको वडा कार्यालयको आफ्नै जग्गा नभएकाले भवन निर्माण गर्न समस्या भएको थियो । 

हालको वडा कार्यालय भवन भएको ठाउँबाट करीब पाँच सय मिटर दक्षिण सोही सडकमा जग्गा प्राप्त भएकाले यसै आर्थिक वर्षभित्रमा भवन निर्माणकार्य शुरु गरिने वडाध्यक्ष सीताराम भट्टराईले जानकारी दिनुभयो । गौरादह नगरपालिकाले वडा कार्यालय भवन निर्माणका लागि रु १० लाख विनियोजन गरे पनि रकम अपुग हुने भएकाले प्रदेश तथा केन्द्रीय सरकारसँग आवश्यक समन्वय गरी भवनको काम सम्पन्न गरिने वडाध्यक्ष भट्टराईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो