2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा अपराधका घटना बढ्दै

साउन २७, ललितपुर | ललितपुरमा यो वर्ष अपराधलगायतका घटना केही बढेको पाइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा गत वर्षभर दर्ता भएका मुद्दाका आधारमा यस वर्ष केही बढेको देखिएको हो । 

दुई वर्ष पहिले भन्दा गत वर्ष ८७ मुद्दा बढी दर्ता भएको परिसरले जनाएको छ । आव २०७३÷७४ मा ८५८ मुद्धा दर्ता भएकोमा ०७४÷७५ मा बढेर ९४५ पुग्यो । ठूलो मात्रामा नबढे पनि गत वर्षको मुद्दा सङ्ख्या अघिल्लो वर्षको भन्दा केही मात्रामा बढी रहेको परिसरका प्रवक्ता नरेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा गत वर्ष नै सबैभन्दा बढी घटना भएको देखिन्छ ।” 

परिसरमा दर्ता भएका ९४५ घटनामा आरोपित प्रतिवादीहरु एक हजार १६५ पक्राउ परे । तीमध्ये पुरुष एक हजार १२२ र महिलाको सङ्ख्या ४३ छ । दर्ता मुद्दा र पक्राउ भएका प्रतिवादीमा सबैभन्दा बढी केही सार्वजनिक अपराध शीर्षकमा छन् । यो शीर्षकमा ४४६ मुद्दामा ६८२ जना पक्राउ परेका थिए । जिल्लाभरमा ९३ आत्महत्याका घटना भए । प्रवक्ता चन्दले भन्नुभयो, “आत्महत्याका घटना अघिल्ला वर्षहरुमा भन्दा बढी भएको पाइन्छ ।” प्रहरीले वर्षभरमा बन्दुक दुई, पेस्तोल छ थान र ७१ गोली बरामद गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ