Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

खोटाङमा बृहत तीज महोत्सव हुने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा | साउन २७, खोटाङ | खोटाङमा बृहत तीज महोत्सव हुने भएको छ । बिगतदेखी निकै प्रचलनमा रहेको तीज पर्वलाई निरन्तरता तथा लोक संस्कारहरुको संरक्षण, संर्बद्धन गर्ने उद्देश्यले विविध कार्यक्रम सहित तीज महोत्सव हुन लागेको हो ।

बहुआयमिक संरक्षण समाज दिक्तेलले गत बर्षदेखी गर्दै आएको तीज महोत्सव अन्तरगत यसवर्ष पनि आगामी भदौ २५ गतेदेखी हरितालिका तीजको दिन २७ गतेसम्म नेपाली महिलाहरुको महान चाड हरीतालिका तीज महोत्सव गरिने भएको आइतबार दिक्तेलस्थित सगरमाथा होटलमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो ।

जिल्लाभरीका महिलाहरुलाई समाबेश गराउने उद्देश्यले भदौ २५ गतेबाट सुरुवात हुने तिज महोत्सवमा समुदायमा प्रचलित संस्कार र संस्कृतिक भाव झल्कने लोक दोहोरी प्रतियोगिता, संगिनि नाच, मारुनि नाच, पञ्चैबाजा कुसुले नाँच र धुपिधुपि नाच प्रर्दशनी हुने भएको छ ।

‘खोटाङ जिल्ला दिक्तेल बजार संस्कृतिलाई जोगाउ हजुर’ बोलमा लोकदोहोरी प्रतियोगिता  हुनेछ । लोकदोहोरी प्रतियोगितमा प्रथम हुने समुहले १० हजार, दोश्रोले ६ हजार र तेश्रो हुने समुहले ३ हजार रुपैयाँ तथा संगिनि नाच, मारुनि नाच प्रर्दशनीमा सहभागीहरुलाई भने प्रोत्साहन स्वरुप आर्थिक सहयोग गरिने बहुआयमिक संरक्षण समाजका अध्यक्ष अनिल आचार्यले बताए ।