2026-08-25 05:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

निर्माणमा ढिलाई गर्ने कम्पनीलाई कारवाही

साउन २८, विराटनगर | सडक तथा पुल निर्माणमा ढिलाई गर्ने देशभरका डेढसय भन्दा बढी निर्माण कम्पनी कारबाहीमा परेका छन् । 

ती निर्माण कम्पनीलाई कारबाही गरिनुकासाथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिनुभयो । 

सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गर्ने ढिलाई अब अन्त्य हुने वताउदैे उहाँले केही निर्माण कम्पनीलाई अन्तिम चेतावनी दिइएको र अन्तिम पटक समय उपलब्ध गराउँदा पनि निर्माण हुन नसके जरिवानासहित ठेक्का पनि रद्ध गर्छौं भन्नुभयो । 

यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्ने र ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको प्रष्ट पार्दै मन्त्री महासेठले स्थानीय क्षेत्रमा निर्माण भइरहेका बाहेकका सडकलाई सुधार गरिने बताउनुभयो । उहाँले सर्वोच्च अदालतको आदेशका कारण सडक निर्माण कार्यमा केही ढिलाइ भएको प्रष्ट पार्नुभयो । 

प्रदेश सरकारले दिएको सार्वजनिक बिदा संघीय सरकार अन्तर्गतका कार्यालयले नमानेको सन्दर्भमा मन्त्री महासेठले समन्वयको अभावमा त्यो कार्यान्वयन हुन नसकेको जानकारी दिँदै सार्वजनिक बिदा धेरै भइ सबैतिरवाट विरोध भएकाले संघीय सरकारले बिदा कटौती गरेको बताउनुभयो । यस विषयमा प्रदेश सरकारले एकरूपता ल्याउन संघीय सरकारसँग समन्वय गर्दा राम्रो हुने तर संघीय सरकारले प्रदेशलाई कमजोर पार्नेगरी गरी कुनै पनि निर्णय नगरेको उहाँले चर्चा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग