2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भक्तजनले चढाएका सामग्रीले जलेश्वर पोखरीका माछा मरे

साउन २९, भद्रपुर | पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वर धामको पोखरीका माछा मरेका छन् । 

जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका एक लाख बढी भक्तजनले चढाएको फूलपाती, दूधलगायतका सामग्रीको कारण माछा मरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । पोखरीका एक हजार बढी माछामा आधा मरेको उहाँको भनाइ छ । मरेको माछा पोखरीबाट निकाल्ने काम भइरहेको छ ।। 

पोखरीमा नैनी, नदियारी, मागुर, रहुँलगायत विभिन्न प्रजातिका माछा रहेका छन् । भक्तजनले चढाएका सामग्री विषाक्त भई माछा मरेको हुनसक्ने अध्यक्ष गट्टानीको भनाइ छ । मरेको माछालाई खाल्डो खनेर पुरिने छ । पोखरी चार फिट गहिरो छ । महाभारतकालीन इतिहास बोकेको पोखरी अर्जुनले बाण हानी पानी निकालेर गाईलाई खुवाएको किंबदन्ती छ । सो पोखरीको बीचमा गाईलाई पानी खुवाइरहेको अर्जुनको मूर्ति छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो