२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

ललितपुरमा दुई हजार ३०० जातका धान

२९ श्रावण २०७५, मंगलवार १२:०७

सञ्चिता घिमिरे | साउन २९, ललितपुर | नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । 

नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुबंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीउमा विविधता पाइएको हो । 

स्थानीय जातका बीउ हराउन नदिन धानको बीउ संकलन गर्दै आएको केन्द्रमा वैज्ञानिक कृष्णहरि घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत र हाइब्रिडको प्रयोग बढ्दै गएकाले स्थानीय जातका धान हराउन नदिन हामीले बीउ संकलन गरेका हौं ।” जैविक विविधताको संरक्षणका लागि केन्द्रले सात वर्षदेखि बीउ संकलन र संरक्षण गर्दै आएको छ । संकलन भएकामध्ये सबैभन्दा बढी नेपालको प्रमुख बालीका धान छन् । 

धानका स्थानीय जातमा भएका विशेष गुण ल्याएर उन्नत जात विकास गर्नका लागि बीउ संरक्षण गरिएको जाकारी दिँदै वैज्ञानिक घिमिरेले भन्नुभयो, “स्थानीय जातमा भएका कतिपय विशेष गुणलाई अर्काे जातसँग क्रस गरेर पनि नयाँ जात विकास गर्न पनि सकिन्छ ।” 

“धानका यी बीउमध्ये कतिपय केन्द्रमा कार्यरत कर्मचारीले विभिन्न स्थानबाट सङ्कलन गरेर ल्याएका हुन् भने कतिपय स्थानमा रहेका बीउ संकलन केन्द्रबाट पनि नयाँ जात भेटिएपछि हामी ल्याउँछौं । कतिपय जागरुक किसान आफैँले बीउ जोगाइरहन सकिदैँन भन्ने चिन्ताले संरक्षणका लागि केन्द्रमा बीउ ल्याउने गरेका छन् । ” उहाँले बताउनुभयो । 

नेपालमा झण्डै ३० किसिमका धानका उन्नत बीउ विकास भएको छ । उन्नत जात थोरै किसिमका भए पनि यसले ठूलो क्षेत्रफल ओगटेको छ । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् । 

कतिपय जातका बीउ भने किसानले रोप्न छाड्दै जाँदा लोप हुने अवस्थामा पुगेका छन् । केन्द्रले बीउ संरक्षण र आवश्यक पर्दा किसानलाई वितरण गर्दै आएको छ । वैज्ञानिक घिमिरेले भन्नुभयो, “हामीले किसानले चाहदा यहाँ संकलन भएका बीउ किसानलाई थोरै परिमाणमा दिने गरेका छौं ।” 

धानका बीउमा धेरै खालका विविधता छ । नेपालमा एउटै जिल्लाभित्र पनि फरक खालको हावापानी भएकाले ती स्थानमा फरक–फरक जातका धान पाइन्छन् । एउटै व्यक्तिको खेतमा समेत लाग्ने धानमा विविधता पाइने उहाँले बताउनुभयो । 

खेतको माथिल्लो गरामा भन्दा तल्लो गरामा फरक हावापानी हुनसक्छ । माथिल्लो गराबाट पानी तल्लो गरामा पुग्दा बिचमा पानी तात्ने हुँदा पनि धान फरक–फरक खालको फलेको पाइएको छ । 

उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने र यस्को भात खाँदा भोक नलाग्ने र कपिय त बास्नादार पनि हुन्छ । कतिपय चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएकाले पनि किसान आफैंले यी बीउलाई निरन्तरता दिइरहेका छन् । 

नार्क अन्तर्गतकै बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली धानका स्थानीय जातमा रहेका विषेश गुणका कारण तिनलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो, “भविष्यमा उन्नत जातका बीउमा रोगको प्रकोप आए स्थानीय जातका धान लगाउन सकिन्छ ।” किसान बढी उत्पादन लिनका लागि उन्नत र हाइब्रिडमा अकर्षित भइरहेका छन् । 

केन्द्रले १३० जातका एघार हजार भन्दा बढी स्थानीय जात संकलन गरेको छ । कृषि वनस्पति महाशाखाले झण्डै ५० वर्षदेखि संकलन गरेको बीउ केन्द्रले सात वर्ष पहिले संरक्षण गरेर राखेको हो । अधिकांश जातका बीउ चिसो(माइनस २० डिग्रिसम्म) मा राखेर लामो समयसम्मका लागि सुरक्षित गरिन्छ । लामो समयसम्म रहने बीउ धेरै ठण्डामा र छोटो आयु हुने बीउ त्यो भन्दा कम तापक्रममा राखेर सुरक्षित गरिन्छ । 

केन्द्रले समय–समयमा खेत÷बारीमा बीउ रोपेर उमारशक्तिसमेत परीक्षण गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य