२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्थानीय तहमा भारी कर बृद्धि

२०७५, २९ श्रावण मंगलवार १७:४१

साउन २९, कालिकोट | जिल्लाका अधिकांश स्थानीय तहले तीनदेखी र पाँच गुणा कर बृद्धि गरेका छन् । विगतमा एक सय रुपैयाँमा हुने राहदानी सिफारिसको अहिले ५ सय छ । साविकका गाविस हुँदा नागरिकता सिफारिसवाफत १० देखी १५ रुपैयाँ तिरे पुग्थ्यो । अहिले बढेर ५० रुपैयाँ तिर्नु परेको छ । निःशुल्क हुने पञ्जीकरणमा पनि स्थानीय तहले शुल्क लिने गरेका छन् ।

‘जन्म, मृत्यु, विवाह दर्ता ३५ दिनभित्र गर्न आए निःशुल्क छ,’ कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काँशीप्रसाद पंगीनीले भने, ‘पछि आउनेलाई ५० रुपैयाँ जरिवाना लाग्छ ।’ उनका अनुसार नाता प्रमाणित, बसाइँसराइ, पिछडिएको क्षेत्र सिफारिस वापत सय रुपैयाँ लाग्छ । यस्तै घरको नक्सा पास गर्नु परे प्रति वर्ग फिट ५ रुपैयाँका दरले ४ कोठे एक तले घरको ५ सय रुपैयाँ लाग्छ । धारा बिजुली सिफारिस १ सय रुपैयाँ, भुमी करमा पाखो बारी एक सय वर्ग मिटरको ५ रुपैयाँ, खेत एक सय वर्ग मिटरको १० रुपैयाँ तिर्नु पर्छ ।

सम्पत्ती करमा कच्ची घरको १ सय ढुङ्गाको घरको १ सय ५०, सिमेन्ट जोडेको घरको २ सय र पक्की घरको प्रति वर्ग फिट १० रुपैयाँ कर निर्धारण गरिएको छ । यस्तै जिल्लाको तिलागुफा नगरपालिकामा पनि सामान्य सिफारिस १०० रुपैयाँ तिर्नु पर्छ । ‘जन्म, मृत्यु, विवाह दर्ता ३५ दिनभित्र गर्न आए निःशुल्क भएपनि ३५ दिन नाघे पछि १ सय जरिवाना तिर्नु पर्छ । यस्तै नगरमा उद्योग व्यवसाय दर्ताका लागि ५ सय रुपैया लाग्छ ।

जिल्लाका तीन वटै नगर र ६ वटा गाँउपालिकाले आर्थिक ऐन पारित गरेर लागु गरेका छन् । घर र जग्गाको एकीकृत सम्पत्ती कर तोकेका छन् । यस्तै जिल्लाको पलाता गाँउपालिकाले पनि सामान्य सिफारिसहरु गर्दा ५० रुपैयाँ लिने गरेको छ । त्यहाँका अधिकांश स्थानीय नागरिकहरु कालापहाड गएर पैसा कमाउँदै घरपरिवारहरु पाल्छन् ।

त्यसैबाट कमाएको पैसाले गाउँपालिकाको तिरो तिर्छन् । जिल्लाको खाँडाचक्र नगरले भिरालो जमिनमा प्रतिसय वर्गमिटरको ५ रुपैयाँ र खेतको १० रुपैयाँ कर लगाइएको छ। पाखो बारीको कर चर्को भएको स्थानीय रुद्र विश्वकर्माले बताए । उनले भने, ‘उत्पादन नहुने पाखोको पनि त्यही कर लगाएर गरिवको शोषण गर्ने काम भयो ।’ मालपोतमा जग्गापास गर्नुपर्ने वा बैंकमा धितो राख्नुपर्ने बाध्यतामा बाहेक अधिकांशले जग्गाको तिरो तिरेका छैनन् ।

नगरपालिकाले बसको ५०, ट्याक्टर र जीपको ३० तथा मोटरसाइकलको २० रुपैयाँ पार्किङ शुल्क तोकेको छ । खाँडाचक्रले संस्था, समिति तथा समूह दर्ता र सिफारिसको २ हजार, नवीकरणको १ हजार, ५ लाखसम्मको योजना भुक्तानी सिरफारिसवापत ५ सय र त्यसभन्दा बढीको १ हजार रुपैयाँ तय गरिएको छ । जिल्लाका सबैजसो स्थानीय तहको सेवाशुल्क लगभग एउटै छ । ‘जग्गाको तिरोमा केही फरक छ । जिल्लाको नरहरीनाथ गाँउपालिकाले पनि जन्म, मृत्यु, विवाह दर्ता, नागरिकता लगायतको प्रतिलिपि दिँदा नरहरिनाथले २ सय १० रुपैयाँ लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ