२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

घुसप्रकरणमा मुछिए ओखलढुंगाका कृषि प्राविधिक महतो

२९ भाद्र २०७२, मंगलवार ०७:०६

Okhaldhungaपूर्णप्रसाद न्यौपाने । भदौ २९, ओखलढुंगा । ओखलढुंगामा कृषि विकास कार्यालयका
कर्मचारीले कृषकहरुबाट सामान्य काममा समेत मोटो रकम घुस खानेगरेको खुलासा भएको छ । कार्यालयद्धारा
सञ्चालनहुने कार्यक्रमको फारम स्विकृत गर्दा समेत आफुहरुसँग रकम लिएको भन्दै कृषकहरुले कर्मचारी विरुद्ध
आवाज उठाएपछि यस्तो खुलासा भएको हो । कृषि सेवा केन्द्र खिजिफलाटेका प्रमुख सिँहेश्वर महतोले जुनसुकै
काममा रकम मागेर दुःख दिएको र रकम नदिए काम नै नगरेको भन्दै प्रमुख महतोलाई कारबाहि गर्न भन्दै सेवा
केन्द्र भित्रका कृषकहरुले जिल्ला कृषि विकास कार्यालयमा लिखित उजुरी गरेका छन् ।

भर्खरै मात्रै युवालक्षित व्यवसायिक तरकारी खेति कार्यक्रमका लागी निशुल्क
स्विकृत गर्नुपर्ने फारम स्विकृत गर्दा २ हजार देखि ४ हजार सम्म रकम लिएको र रकम नदिने कृषकको फारम
स्विकृत नगरेको किसानको आरोप छ । महतोले फारम स्विकृत गर्दा सोमबहादुर तामाङसँग २ हजार,शान्तबहादुर
तामाङसँग २ हजार,अर्जुन बस्नेतसँग २ हजार र मान बहादुर खड्कासँग ४ हजार रकम घुस लिएको भन्दै स्थानिय
अगुवा कृषकहरुले कार्यालयमा उजुरी गरेका हुन् । आवेदन दिँदा प्रतिव्यक्ती सात हजारका दरले आफुहरुलाई रकम
दिन अन्यथा स्विकृत नगर्ने उनले अडान लिएपछि चार हजार दिएर फारम स्विकृत गराउन बाध्य हुनुपरेको कृषक मान
बहादुर खड्काले बताउनुभयो । सेवा केन्द्र प्रमुख महतोले महिला निबेदकहरुलाई भने बेलुकी पख २ घण्टा
बस्नेगरी एक्लै कोठमा आउनु अन्यथा फारम स्विकृत नगर्ने भन्दै अर्मयादित ढंगले प्रस्तुत भएको र महिला
आवेदकको फारम स्विकृत नै नगरेको भन्दै महतोमाथी कारबहिको माग गरि कृषि विकास कार्यालयमा अर्को लिखित
उजुरी परेको छ ।

यसैबिच तालीम सञ्चालनका लागि भन्दै महतोले कृषी
वनतथा वातावरण समिति रावादोलुबाट १० हजार समेत झ्वाम पारेका छन् । रकम लिएपछि सम्पर्कमै नआएको समितिका
सदस्यहरुले बताएका छन् । सरकारको युवालक्षीत कार्यक्रमका लागि वास्तविक युवा कृषकलाई छनौट नगरी कमीसन
दिनेहरुको मात्रै फारम बुझेको कृषकहरुको आरोप छ । स्थानिय कृषकहरुले महतोमाथी कडा कारबहि गरि सेवा
केन्द्रमा अर्को जिम्मेवार कर्मचारी पठाउन माग गरेका छन् । एउटा कर्मचारीका कारण राज्यले सुविधाबाटै
वञ्चीत हुनु परेको र निशुल्क पाउने सुविधाका लागि पनि मोटो रकम घुस खुवाउनु परेको स्थानिय किसानको
गुणासो छ ।

यस विषयमा सेवा केन्द्र प्रमुख महतोले भने आफु
विरुद्ध कृषकले उजुरी गरे/नगरेको जानकारी नभएको तर कार्यालय भित्रकै साथीहरुले आफुलाई फसाउन चलखेल गरेको
बताउनुभयो । महतोले सेवाका नाममा दुःख दिएका उजुरीहरु विगत देखिनै आउने गरेको भन्दै पछिल्लो समय आएका
लिखित उजुरी सहित जिल्ला प्रशासन कार्यालयमा कारबाहिका लागि सिफारीस गरिएको वरिष्ठ कृषि विकास अधिकृत
कुलप्रसाद अधिकारीले बताउनुभयो । महतोको व्यक्तीगत आचारण नै ठिन नभएकाले आफुले जती प्रयास गरेपनि
सुधारगर्न नसकेको उहाँको भनाई छ ।

महतोको अमर्यादित कामले सेवा केन्द्रका कृषक देखि कार्यालयका
सहकर्मी सबै हैरान भएका छन् । गैरजिम्मेवार कर्मचारीलाई कारबहि र सेवा केन्द्रमा अर्को कर्मचारीको
व्यवस्था नभए कडा आन्दोलन गर्ने खिजिफलाटे सेवा केन्द्रका अगुवा कृषकहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने