2026-09-18 08:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

घुसप्रकरणमा मुछिए ओखलढुंगाका कृषि प्राविधिक महतो

Okhaldhungaपूर्णप्रसाद न्यौपाने । भदौ २९, ओखलढुंगा । ओखलढुंगामा कृषि विकास कार्यालयका
कर्मचारीले कृषकहरुबाट सामान्य काममा समेत मोटो रकम घुस खानेगरेको खुलासा भएको छ । कार्यालयद्धारा
सञ्चालनहुने कार्यक्रमको फारम स्विकृत गर्दा समेत आफुहरुसँग रकम लिएको भन्दै कृषकहरुले कर्मचारी विरुद्ध
आवाज उठाएपछि यस्तो खुलासा भएको हो । कृषि सेवा केन्द्र खिजिफलाटेका प्रमुख सिँहेश्वर महतोले जुनसुकै
काममा रकम मागेर दुःख दिएको र रकम नदिए काम नै नगरेको भन्दै प्रमुख महतोलाई कारबाहि गर्न भन्दै सेवा
केन्द्र भित्रका कृषकहरुले जिल्ला कृषि विकास कार्यालयमा लिखित उजुरी गरेका छन् ।

भर्खरै मात्रै युवालक्षित व्यवसायिक तरकारी खेति कार्यक्रमका लागी निशुल्क
स्विकृत गर्नुपर्ने फारम स्विकृत गर्दा २ हजार देखि ४ हजार सम्म रकम लिएको र रकम नदिने कृषकको फारम
स्विकृत नगरेको किसानको आरोप छ । महतोले फारम स्विकृत गर्दा सोमबहादुर तामाङसँग २ हजार,शान्तबहादुर
तामाङसँग २ हजार,अर्जुन बस्नेतसँग २ हजार र मान बहादुर खड्कासँग ४ हजार रकम घुस लिएको भन्दै स्थानिय
अगुवा कृषकहरुले कार्यालयमा उजुरी गरेका हुन् । आवेदन दिँदा प्रतिव्यक्ती सात हजारका दरले आफुहरुलाई रकम
दिन अन्यथा स्विकृत नगर्ने उनले अडान लिएपछि चार हजार दिएर फारम स्विकृत गराउन बाध्य हुनुपरेको कृषक मान
बहादुर खड्काले बताउनुभयो । सेवा केन्द्र प्रमुख महतोले महिला निबेदकहरुलाई भने बेलुकी पख २ घण्टा
बस्नेगरी एक्लै कोठमा आउनु अन्यथा फारम स्विकृत नगर्ने भन्दै अर्मयादित ढंगले प्रस्तुत भएको र महिला
आवेदकको फारम स्विकृत नै नगरेको भन्दै महतोमाथी कारबहिको माग गरि कृषि विकास कार्यालयमा अर्को लिखित
उजुरी परेको छ ।

यसैबिच तालीम सञ्चालनका लागि भन्दै महतोले कृषी
वनतथा वातावरण समिति रावादोलुबाट १० हजार समेत झ्वाम पारेका छन् । रकम लिएपछि सम्पर्कमै नआएको समितिका
सदस्यहरुले बताएका छन् । सरकारको युवालक्षीत कार्यक्रमका लागि वास्तविक युवा कृषकलाई छनौट नगरी कमीसन
दिनेहरुको मात्रै फारम बुझेको कृषकहरुको आरोप छ । स्थानिय कृषकहरुले महतोमाथी कडा कारबहि गरि सेवा
केन्द्रमा अर्को जिम्मेवार कर्मचारी पठाउन माग गरेका छन् । एउटा कर्मचारीका कारण राज्यले सुविधाबाटै
वञ्चीत हुनु परेको र निशुल्क पाउने सुविधाका लागि पनि मोटो रकम घुस खुवाउनु परेको स्थानिय किसानको
गुणासो छ ।

यस विषयमा सेवा केन्द्र प्रमुख महतोले भने आफु
विरुद्ध कृषकले उजुरी गरे/नगरेको जानकारी नभएको तर कार्यालय भित्रकै साथीहरुले आफुलाई फसाउन चलखेल गरेको
बताउनुभयो । महतोले सेवाका नाममा दुःख दिएका उजुरीहरु विगत देखिनै आउने गरेको भन्दै पछिल्लो समय आएका
लिखित उजुरी सहित जिल्ला प्रशासन कार्यालयमा कारबाहिका लागि सिफारीस गरिएको वरिष्ठ कृषि विकास अधिकृत
कुलप्रसाद अधिकारीले बताउनुभयो । महतोको व्यक्तीगत आचारण नै ठिन नभएकाले आफुले जती प्रयास गरेपनि
सुधारगर्न नसकेको उहाँको भनाई छ ।

महतोको अमर्यादित कामले सेवा केन्द्रका कृषक देखि कार्यालयका
सहकर्मी सबै हैरान भएका छन् । गैरजिम्मेवार कर्मचारीलाई कारबहि र सेवा केन्द्रमा अर्को कर्मचारीको
व्यवस्था नभए कडा आन्दोलन गर्ने खिजिफलाटे सेवा केन्द्रका अगुवा कृषकहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई