2026-10-22 02:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

खेल पर्यटनमार्फत मुलुक समृद्ध हुन्छ: मुख्यमन्त्री पौडेल

साउन ३०, चितवन | अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को १७औँ विशेष साधारणसभा आजदेखि चितवनको सौराहामा शुरु भएको छ । विशेष साधारणसभाको उद्घाटन गर्दै प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरका ठूला खेलको आयोजनामार्फत नेपालमा लाखौँ पर्यटक भित्र्याउन सकिन्छ, खेल पर्यटनको प्रवद्र्धनका लागि प्रदेश सरकार क्रियाशील छ ।” खेल पर्यटन नेपालका लागि सबैभन्दा फाइदा पुग्ने क्षेत्र रहेको उहाँको भनाइ थियो । 

‘युवाको गौरव, जवानीमा पौरख र प्रदेशको सौरभ’ भन्ने मूल नाराका साथ प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशस्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्ने नीति अघि सारेको उहाँले जानकारी दिनुभयो । 

उहाँले सरकारले देखेको समृद्धिको सपना पूरा गर्न खेलकूदको विकास अपरिहार्य रहेको बताउनुभयो । भूकम्पका कारण भत्किएको दशरथ रङ्गशाखा निर्माणको काम तीन वर्षसम्म गर्न नसक्नु खेल क्षेत्रकै दुःखदायी कुरा भएको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभाका सांसद सुरेशकुमार राईले खेलकूदको विकासका लागि सरकारले नयाँनयाँ नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रत्येक प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रङ्गशालाको आवश्यकता आँैल्याउनुभयो । 

कार्यक्रममा प्रदेश नं ३ का प्रदेशसभा सदस्य नारायण सिलवाल, मिलनबाबु श्रेष्ठ, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य उपेन्द्र पौडेललगायतले फुटबलको विकासका लागि योजनाबद्ध ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता आँैल्याउनुभयो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फालाई सङ्घीय संरचनाअनुसार लैजाने बताउनुभयो । 

कार्यक्रममा खेलमार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान दिलाएका फुटलबका पाँचजना पूर्वखेलाडीलाई जिल्ला फुटबल सङ्घ चितवनले सम्मान गरेको छ । सम्मानित हुनेमा सूर्यमान श्रेष्ठ, अरुणा गुरुङ, छन्नुराम चौधरी, ललित थापा र राजेन्द्रकुमार श्रेष्ठ हुनुहुन्छ । 

सङ्घीय संरचनाअनुसार विधान संशोधन हुँदै 

एन्फाको १७ औँ विशेष साधारणसभाले आर्थिक पारदर्शीताका लागि इतिहासमै पहिलोपटक आर्थिक नियमावलीसहित विधान संशोधन गर्दैछ । साधारणसभाले कार्यसञ्चालन नियमावली, कर्मचारी प्रशासन नियमावली, खेलाडी दर्ता नियमावलीसमेत पारित गर्ने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । नयाँ विधानअनुसार एन्फा अब प्रदेशस्तरीय संरचनामा जानेछ । 

यस्तै खेलाडी दर्ता अनलाइनमार्फत गरिने, छेलाडीको वृत्ति विकासका लागि अक्षयकोष स्थापना गरिने एन्फाले जनाएको छ । दर्तामा व्यावसायिक क्लब, गाउँस्तर र स्कुलका खेलाडीसमेत सहभागी हुन पाउनेछन् । 

परम्परागत लिग खेललाई व्यवस्थित गरी जिल्ला लिग खेलाउने, जिल्लाबाट छनोट भएकालाई प्रदेशमा, प्रदेशबाट उत्कृष्ट भएकालाई एन्फा प्रेसिडेन्ट कपमा सहभागी गराउँदै राष्ट्रिय लिग गर्ने योजना अघि सारिएको छ । 

एन्फाले रौतहटमा महिला टेक्निकल सेन्टर स्थापना निकट भविष्यमै गरिने सो अवसरमा जानकारी दिइयो । साधारणसभामा फुटबलको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनासमेत प्रस्तुत गरिँदैछ । 

विशेष साधारणसभामा ४५ जिल्ला सङ्घ, १४ ए डिभिजन क्लब, नौ बि डिभिजन क्लब, पाँच सी डिभिजन क्लबबाट चार समिति (महिला, खेलाडी, प्रशिक्षक, रेफ्री), एएफसीका प्रतिनिधि गरी ३०० जना प्रतिनिधि सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ