2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सिभिल इञ्जिनीयरिङ पठनपाठन हुने

साउन ३०, नुवाकोट | विदुर नपा–१ त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अब सिभिल इञ्जिनीयरिङको अध्ययनअध्यापन हुने भएको छ । 

पहिलो पटक जिल्लामा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ हुन लागेको हो । विसं २००७ मा स्थापित तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीनवर्षे सिभिल इञ्जिनीयरिङको स्नातक तहको पठनपाठन शुरु हुँदैछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकाले यसै वर्षदेखि पढाइ शुरु गरिने विद्यालयका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो । एक शैक्षिक सत्रमा ४८ विद्यार्थीले पढ्न पाउनेछन् । 

इञ्जिनीयरिङ विषय पढ्नका लागि विगतमा राजधानी, चितवनतिर विद्यार्थीलाई जानुपर्ने हुन्थ्यो । सिभिल इञ्जिनीयरिङ कक्षाको पठनपाठनले अन्य विद्यार्थीलाई असर नहोस् भनेर छुट्टै ब्लक निर्माण गरी पढाइ सञ्चालनको तयारी भइरहेको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । सिभिल इञ्जिनीयरिङका लागि आवश्यक प्रयोगशाला कक्षा, कम्प्युटर कक्षालगायत भौतिक पूर्वाधार तयार पारिसकिएको विद्यालयले जनाएको छ । 

कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन सञ्चालन गरेर जिल्लाका विद्यार्थीलाई विज्ञान अध्ययन गर्ने अवसर दिएको विद्यालयले अब सिभिल इञ्जिनीयरिङ विषयको पढाइ समेत सञ्चालन गरेर सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने चाहनेले जिल्ला बाहिर जान नपर्ने भएको विद्यालयका प्रधानाध्यापक महेन्द्र रावतले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई