२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा सिभिल इञ्जिनीयरिङ पठनपाठन हुने

३० श्रावण २०७५, बुधबार ११:५०

साउन ३०, नुवाकोट | विदुर नपा–१ त्रिशूलीस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा अब सिभिल इञ्जिनीयरिङको अध्ययनअध्यापन हुने भएको छ । 

पहिलो पटक जिल्लामा सिभिल इञ्जिनीयरिङ विषयको पढाइ हुन लागेको हो । विसं २००७ मा स्थापित तत्कालीन पश्चिम १ नं नुवाकोट, धादिङ र रसुवाको पहिलो विद्यालय त्रिभुवन त्रिशूली माविमा यसै शैक्षिक सत्रदेखि तीनवर्षे सिभिल इञ्जिनीयरिङको स्नातक तहको पठनपाठन शुरु हुँदैछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटिइभिटी)ले तीनवर्षे डिप्लोमा इन सिभिल इञ्जिनीयरिङ विषयको कक्षा सञ्चालन गर्न अनुमति दिइसकेकाले यसै वर्षदेखि पढाइ शुरु गरिने विद्यालयका अध्यक्ष नवीन्द्रमान प्रधानले बताउनुभयो । एक शैक्षिक सत्रमा ४८ विद्यार्थीले पढ्न पाउनेछन् । 

इञ्जिनीयरिङ विषय पढ्नका लागि विगतमा राजधानी, चितवनतिर विद्यार्थीलाई जानुपर्ने हुन्थ्यो । सिभिल इञ्जिनीयरिङ कक्षाको पठनपाठनले अन्य विद्यार्थीलाई असर नहोस् भनेर छुट्टै ब्लक निर्माण गरी पढाइ सञ्चालनको तयारी भइरहेको शिक्षक राजेन्द्र दवाडीले जानकारी दिनुभयो । सिभिल इञ्जिनीयरिङका लागि आवश्यक प्रयोगशाला कक्षा, कम्प्युटर कक्षालगायत भौतिक पूर्वाधार तयार पारिसकिएको विद्यालयले जनाएको छ । 

कक्षा ११ र १२ मा विज्ञान विषयको पठनपाठन सञ्चालन गरेर जिल्लाका विद्यार्थीलाई विज्ञान अध्ययन गर्ने अवसर दिएको विद्यालयले अब सिभिल इञ्जिनीयरिङ विषयको पढाइ समेत सञ्चालन गरेर सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने चाहनेले जिल्ला बाहिर जान नपर्ने भएको विद्यालयका प्रधानाध्यापक महेन्द्र रावतले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य