२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

२०७५, १ भाद्र शुक्रबार ०७:४९

विष्णु नेपाल | भदौ १, महोत्तरी | क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् । 

विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर (अस्पताल) सञ्चालनमा आएपछि नगरवासीले पहिलोपटक विशेषज्ञसहितको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएका हुन् । 

नगरपालिकाका प्रमुख अशोककुमार मण्डल, उपप्रमुख सीतादेवी साह, वरिष्ठ क्यान्सर रोग एवं शल्यचिकित्सक राकेश साहले हालै सो सेवाको शुभारम्भ गर्नुभयो । अस्पतालले विशेष गरी क्यान्सर रोगका लागि प्रदान गर्ने सेवा गुणस्तरीय हुने बताइएको छ । 

प्रदेश नं २ अन्तर्गत क्यान्सर रोग उपचार गर्ने यो पहिलो सेन्टर मानिन्छ । सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायताका जिल्लाका क्यान्सर रोगी उपचार गर्न चितवन अथवा धरान जानुपर्ने बाध्यता कम हुँदै जानेछ । क्यान्सर रोग विशेषज्ञद्वय डा विनय साह र डा राकेशकुमार साहको पहलमा जिल्लाको दुर्गम क्षेत्रमा क्यान्सर सेन्टर सञ्चालनको अगुवाइ गर्नुभएको हो । 

“सेन्टरमा आउने बिरामीले गुणस्तरीय सेवा पाउने छन्, बिरामीलाई सकेसम्म अन्यत्र पठाउने छैनौँ”, डा राकेशले भन्नुभयो । ट्रष्टले अहिले घर भाडामा लिइ अन्तरङ्ग साथै प्रयोगशाला, रेडियोजोलीलगायतका सेवा शुरु गरेको छ । शल्यक्रिया, किमोथेरापीजस्ता क्यान्सर रोगसित सम्बन्धित थप सेवा विस्तार गर्ने जनाइएको छ । 

अत्याधुनिक सेन्टर ५२ रोपनीमा 

सेन्टरलाई भौतिक पूर्वाधारयुक्त भवन बनाउन नगरपालिकाले ट्रष्टलाई चार बिगाहा (करीब ५२ रोपनी) जग्गा उपलब्ध गराएको छ । चार वर्षभित्रमा सेन्टरको आवश्यक भवन निर्माण, उपकरण जडान, प्रयोगशालासहित जनशक्ति व्यवस्थापन विनय तारा फाउण्डेशन अमेरिका र विनयतारा क्यान्सर ट्रष्ट नेपालले गर्नेछन् । रामगोपाल नगरपालिकाले अनुगमन, समन्वय गर्नेछ । 

सो काम गर्न ती निकायका बीचमा सम्झौतासमेत सम्पन्न भएको छ । “कुन किसिमका भौतिक संरचना कसरी तयार हुन्छन्, कस्तो उपकरण रहन्छन्, कति जनशक्तिले अस्पतालमा सेवा दिन्छन् लगायतका महत्वपूर्ण कार्यको निर्णय छिट्टै सार्वजनिक हुन्छ”, ट्रष्ट नेपालका अध्यक्ष डा राकेशले भन्नुभयो । 

“क्यान्सर रोगजस्तो अति महङ्गो उपचार सेवा यहाँका जनताले घरआँगनमै सर्वसुलभरुपमा पाउन, स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र कार्यमा जग्गाको अभाव नहोस् भनेर हामीले नगरपालिकाको जमीन अस्पताल निर्माण गर्न दियौँ । अब ट्रष्टले छिटोभन्दा छिटो पूर्वाधार खडा गर्न काम शुरु गर्नुपर्छ”, नगरप्रमुख साहले भन्नुभयो । साविकका चार गाउँविकास समिति मिलेर बनेको यस नगरपालिकाको जनसङ्ख्या करीब ३० हजार छ । 

स्वास्थ्य सेवा पहुँचका दृष्टिले विगतमा ती गाविस जिल्लामा धेरै पछाडि थिए । अहिले आधारभूत स्वास्थ सेवा पाउन यहाँका बासिन्दालाई कठिनाई नै छ । “उपचार गर्न नगरवासी अन्यत्र जान नपर्ने गरी योजना बनाएका छौँ, अस्पताल भवन बनाउन जमीन दियाँै, प्रत्येक वडामा स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्यकर्मी, उपकरण र औषधिको राम्रो प्रबन्ध लागिरहेका छौँ, वर्थिङ सेन्टर स्थापना गर्दैछौँ”, उपप्रमुख सीतादेवीले भन्नुभयो । उहाँका अनुसार वर्थिङ सेन्टर बनाउन नगरपालिकाले जमीन उपलब्ध गराउने र समाजसेवी गणेशराज सिंहले भवन तथा उपकरणको व्यवस्था गरिदिनुहुनेछ । 

सहसौला स्वास्थ्य चौकीमा कार्यरत वरिष्ठ स्वास्थ्य कार्यकर्ता (अहेव) धनबहादुर अधिकारीका अनुसार उपप्रमुख सीतादेवी हरेक दिन नगरपालिकाअन्तर्गतका स्वास्थ्य सेवाका अवस्था, समस्या बारेमा जानकारी लिएर अप्ठ्यारो आए समाधान गरिदिनुहुन्छ । “एक वर्षको अवधिमा झाडापखालाका कारण बालबालिकाको मृत्यु भएको छैन”, उहाँले भन्नुभयो । स्थायी घर रुकुम भएका अहेब अधिकारीका अनुसार गर्भवती, बालस्वास्थ्य, मातृस्वास्थ्य तथा पोषणका क्षेत्रमा धेरै सुधारको आवश्यकता छ । 

समाज सेवा पैसाले होइन, मनले गर्ने हो 

“समाज सेवा पैसाले होइन, मनले गर्ने हो ।” अस्पताल स्थापना गर्न जुटेका उत्साहित डा विनय र डा राकेशले एकै स्वरमा भन्नुभयो । उहाँहरुले अस्पताल निर्माण गर्न आफ्नो केही आम्दानी दान दिने घोषणासमेत गर्नुभएको छ । दुवै यहाँका बासिन्दासमेत हुनुहुन्छ । सेन्टर निर्माण गर्न स्थानीयस्तरमा मुठीदान, सरकारीस्तरमा सहयोग र अन्तर्राष्ट्रिय आह्वान गर्ने उहाँहरुको योजना छ । 

“क्यान्सर रोगले उमेर, धनी र गरीब भन्दैन । जुनसुकै बेला जोकोहीलाई हुन सक्छ । विनयतारा क्यान्सर सेन्टर उत्कृष्ट क्यान्सर उपचार गर्ने सेन्टर बनाउँछौँ । हामीले देखेको सपना यही हो,” उहाँहरुले भन्नुभयो । 

विनयतारा फाउण्डेशन अमेरिकाका अध्यक्षका रुपमा डा विनयले नेतृत्व गर्नुभएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सा विषयमा स्नातक पूरा गरी उहाँले अमेरिकाको लंग आइल्याण्ड तथा इलिनोइस विश्वविद्यालयबाट हेमाटोलोजी अङ्कोलोजीमा उच्च शिक्षा अध्ययन पूरा गर्नुभएको छ । 

फाउण्डेशनले नेपालमा पहिलो पटक निजामती अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्न आर्थिक एवं प्राविधिक सहयोग जुटाएको थियो । केन्द्रमा कार्यरत चिकित्सक, नर्सलाई अमेरिकाको इलिनोइस विश्वविद्यालयमा नै तालीमका अवसरसमेत प्रदान गरेको थियो । ट्रष्ट नेपालका अध्यक्ष डा राकेश साह हुनुहुन्छ । उहाँ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा वरिष्ठ क्यान्सर रोग तथा शल्यचिकित्सकका रुपमा कार्यरत हुनुहुन्छ । चिकित्सकद्वयले अमेरिकी जनताले क्यान्सर रोगका लागि पाउनेसरहको सेवा सेन्टरलाई पु¥याउने लक्ष्य लिनुभएको छ । 

ग्राण्डी अस्पतालका जनसम्पर्क अधिकृत विनोद अधिकारी युवा चिकित्सकद्वयले स्थापना गर्न लाग्नुभएको क्यान्सर सेन्टर अनुकरणीय कार्य हो भन्नुभयो । सेन्टरका मेडिकल निर्देशकका रुपमा डा सञ्जय गुप्ताले नेतृत्व सम्हाल्नुभएको छ । चाँैतीस वर्षका अविवाहित डा गुप्ताले भन्नुभयो, “म पैसाभन्दा सेवा दिन यहाँ आएको हुँ, हेरु कति गर्न सकिन्छ ।” 

विशेषज्ञ धेरै तर क्यान्सर बढ्दो 

तराई–मधेशमा क्यान्सर रोगका कारण कतिले अकालमा ज्यान गुमाउँदछन् यसको कुनै आधिकारिक तथ्याङ्क कुनै निकायसित छैन । विशेष गरी सूर्ती, गुट्खा, धूमपान, मदिरापान आदि कारणले हुने विविध प्रकारका क्यान्सर तराई–मधेशमा बढी हुने बताइन्छ । महिलाको पाठेघर, स्तनमा हुने क्यान्सर रोगीको मात्रा यही क्षेत्रमा बढी हुने अनुमान छ । 

जनकपुरस्थित निजी अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अवधेशकुमार साह तराई–मधेशका जिल्लामा कति क्यान्सर रोगी छन् भनेर हालसम्म कुनै पहिचान नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कति बिरामी त अन्तिम अवस्थामा आउँछन् ।” अर्का क्यान्सर रोग विशेषज्ञ डा सन्तोषकुमार पञ्जियार मुखका क्यान्सरको सङ्ख्या तुलनात्मकरुपमा तराई–मधेशमा बढिरहेको बताउनुहुन्छ । नेपाल चिकित्सक सङ्घका अनुसार नेपालमा रहेका क्यान्सर रोग विशेषज्ञमध्ये करीब ५० प्रतिशत प्रदेश नं २ अन्तर्गतका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला