२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

अनधिकृत कर बढाउने स्थानीय निकायलाई कारवाही हुन्छ: मुख्यमन्त्री

२०७५, १ भाद्र शुक्रबार १०:०३

भदौ १, हेटौँडा | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई कारवाही हुने बताउनुभएको छ । मुख्यमन्त्री कार्यालयको आयोजनामा आज यहाँ आयोजित देवानी तथा फौजदारी संहिता कार्यान्वयन विषयक कार्यक्रममा उहाँले २० वर्षपछि बढेको न्यूनतम करलाई बढाइचढाई जनतामा त्रास सिर्जना गर्ने काम गरेकोले त्यसो नगर्न पनि अनुरोध गर्नुभयो । 

उहाँले भन्नुभयो, “११९ वटा स्थानीय निकायले कायम गरेको करको विवरण मगाएकाले अब छिट्टै त्यसमा छानबिन हुन्छ, अनावश्यक कर बढाउन दिइँदैन । अनधिकृत रुपमा कर बढाएको पाइएमा उसले प्राप्त गर्ने सबै सुविधाहरु रोकिने छ ।” मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले राम्रा र गतिला कामहरु पनि गरेको र यसको प्रचार प्रसारसमेत गरिदिन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले देवानी तथा फौजदारी संहिताको विरोध गर्नुको कुनै अर्थ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “जस्ले जे गरे पनि हुन्छ भन्ने मानसिकता नै गलत हो ।” आजदेखि लागू हुनेगरी आएको ऐनले केही न केही रुपमा राजनीतिक परिवर्तनको गतिलाई पकड्न खोजेको दाबी गर्दै उहाँले यस ऐनको विरोध गर्नुभन्दा पनि कार्यान्वयनमा सबैले साथ दिनुपर्नेमा जोड दिनुभयो । 

स्वास्थ्यकर्मीहरुप्रति लक्षित गर्दै मन्त्री जमकट्टेलले भन्नुभयो, “कसैको ज्यान बचाउने काम पक्कै पनि महत्वपूर्ण हो, तर दायाँ खुट्टामा समस्या हुँदा बायाँ खुट्टाको शल्यक्रिया भएको पनि भेटियो, घाँटीको शल्यक्रिया गर्नुपर्नेमा पाठेघर निकालेर फालेको पनि फेला परे । जे पनि गर्न पाइने त होइन नि ।” 

कार्यक्रममा ३ नं प्रदेशका सभामुख, मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरु, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरु, कानून क्षेत्र विशिष्ट व्यक्तित्व तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा