३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

संविधान पारित भएसँगैओखलढुंगाबासी खुशी

३१ भाद्र २०७२, बिहीबार ०८:३४

okhaldhunga

पूर्णप्रसाद न्यौपाने/भदौ ३१,
ओखलढुंगा ।
संविधानसभाबाट नयाँ संविधान पारित भएपछि ओखलढुंगाका बासिन्दाहरु खुसी भएका छन्

नागरिक आफैंले चुनेका प्रतिनिधीद्वारा संविधान लेख्ने ६५ बर्ष देखिको सपना साकार भएको भन्दै
उनीहरुले खुसी साटासाट गरेका हुन् । जिल्लावासीले आफुहरुले चुनेर पठाएका सभासद्हरुलाई समेत मूख्य सपना
साकार पारिदिएको भन्दै धन्यवाद दिएका छन् ।

जिल्लाका क्रियाशिल राजनीतिक दलहरुले पनि संविधान
पारित भएकोमा खुसी ब्यक्त गदै संविधान जारी हुने दिन असोज ३ गते खुसियाली मनाउन र दीपावली गर्ने तयारी
गरिरहेका छन् । भने उद्योग वाणिज्यसंघ ओखलढुंगाले संविधान पारित भएकोमा खुसी ब्यक्त गदै संविधान जारी
हुने दिन असोज ३ गते साँझ दिपावली गर्न जिल्लाका सबै उद्योगी,व्यापारी,व्यवसायि र आम जिल्लाबासीलाई आवहन
गरेको छ ।

यसैविच ओखलढुंगाका सभाषद्हरुले संविधान जारी भएपछि आफुहरुको सबै ध्यान जिल्लाको विकास
निर्माणमा केन्द्रित हुने बताएका छन् । निर्वाचनका बेला संविधान निर्माण र विकास निर्माणका सवालहरु
उठाएको स्मरण गर्दै सभाषद् यज्ञराज सुनुवारले अब संविधान जारी भएपछि ओखलढुंगालाई सम्वृद्ध बनाउने दिशामा
आफ्नो सबै ध्यान केन्द्रित हुने बताउनुभयो । ‘ हामीले मूख्य दुई निर्माण ‘संविधान निर्माण र विकास
निर्माण’ को जनतामाझ कसम खाएका थियौँ ’ एमाले केन्द्रिय सदस्य समेत रहनुभएका सुनुवारले भन्नुभयो ‘ अवको
हाम्रो सबै ध्यान विकास निर्माणमा केन्द्रित हुनेछ ।’

त्यस्तै अर्का सभाषद् रामहरी खतीवडाले पनि
नेपालीको लामो समयको सपना साकार भएको खुःसी व्यक्त गर्दै संविधान जारी भएपश्चात जिल्लाको विकास
निर्माणमा आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । ‘मैले जनतासँग पटक पटक खाएका कसमहरु पुरा गर्ने
प्रयास गरिरहेको छु, संविधानका सबै धारा पास हुँदा म निर्वाचन जितेको भन्दा बढि खुशी भएँ,किनकी मैले
मेरा मतदातासँग गरेको बाचा पुरागरेँ’ खतीवडाले भन्नुभयो‘अहिले पनि विकास निर्माणमा केन्द्रित छौँ, अब झन
बढि जोड दिन्छौँ ।’ विद्युत,सडक,खानेपानी,पर्यटन लगाएतको विकासका लागि जिल्लाका सबै सभाषद् र अन्य
सरोकारवाला विच मार्गचित्र बनाएर अगाडी बढ्ने सभाषद्हरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली