2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको विभिन्न स्थानमा बाढी र पहिरो, दर्जनौं वस्ती उच्च जोखिममा (फोटोफिचर)

भदौ २, नुवाकोट | अबिरल वर्षासगै नुवाकोटको विभिन्न स्थानमा आएको बाढी र गएको पहिरोले आधादर्जन भन्दा बढी मानिस बसोबास गर्दै आएको घरमा पूर्ण क्षति पुगेका छ भने दर्जन भन्दा बढी परिवार रहेका बस्ती उच्च जोखिममा परेको छ ।

प्रहरी चौकी तादीपुलको अनुसार बेलकोटगढी नगरपालिका वडा नं. ११ अमारे खोलामा आएका बाढीले हरिभक्त तिवारीको दुई वटा घरमा क्षति पुगेको छ । बाढीले घर दुई घर बगाउदा तिवारीको घरमा बसोबास गर्दै आएका रामराजा तामाङ र उहाँको श्रीमति शुभलक्ष्मी तामाङ घाइते भएका छन् । बाढीले घरमा क्षति पु¥याउदाँ त्यहा सञ्चालित किराना पसल, मासुपसल, खाजाघर र फर्ममा पालेको कुखुराहरु नष्ट भएको स्थानीयबासीले बताएका छन् ।  

यस्तै, अबिरल बर्षाको कारणले शिवपुरी गाउँपालिका वडा नं ६ थानाभज्याङमा मनोज लामा र डिलबहादुर तामाङको घरमा बाढीले क्षति पु¥याएको छ । उहाँहरु दुवै जनाको घर बाढीले बगाएर पूर्ण क्षति पु¥याएको प्रहरीले जनाएको छ । घरमा क्षति हुदाँ मनोज लामाको घरमा रहेको तीनवटा बाख्रा पुरिएका छन् भने र डिलबहादुर तामाङको घरा रहेको लताकपडा तथा अनपात लगायतका ६ लाख रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ ।

यसैगरी, अबिरल बर्षाको कारण बिदुर नगरपालीका वडा नं. २ स्थित पाटीपानीका अर्जुन कसाईको घर पहिरोमा पुरिएको छ । घर क्षति हुदाँ त्यहाँ रहेका लताकपडा तथा अनपात लगायत ६० हजार बराबरको धनसम्पत्ति क्षति भएको प्रहर चौकी भैरवीले जनाएको छ । त्यही स्थानमा साउन पहिलो साता पहिरो जादाँ उहाँ सहित १४ जनाको घर उच्च जोखिमा रहेको प्रशासनले जनाएपनि स्थान्तरण नहुदाँ गएराती आएको पहिरोले घर पुरेको हो । पहिरो जाने समयमा त्यहाँ रहेका बासिन्दाहरु घर बाहिर बसेकाले ठूलो दुर्घटना हुन नपाएको प्रहरीले जनाएको छ ।

यसैगरी, गएराती तादी गाँउपालिकको वडा नं. ६ नर्जा स्थित आलडाडामा पहिरो जादा डोरबहादुर तामाङको दुई घर पुरिएको छ भने मीनबहादुर तामाङको एक घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय खरानीटारले जनाएको छ ।   

यसैगरी, पञ्चकन्या गाउपालिका वडा न ४  थर्पेकमा गएको पहिरोले १४ घर परिवार जोखिममा परेका छन् । गोलेटोलमा ६ घरधुरी र खोलेटोलमा आठ घरपरिवार पहिरोको उच्च जोखिममा परेको त्यहाबाट स्थानीयबासीले बताएका छन् । 

गोलेटोल स्थित बुद्घिबहादुर तामाङ, चुर्णबहादुर तामाङ, वीरबहादुर तामाङ, रामकुमार तामाङ, कान्छि तामाङ र शेरबहादुर तामाङको घर पहिरोको जोखिममा परेको हो । यस्तै, खोलेटोल स्थित शुक्रबबहादुर तामाङ, मानबहादुर तामाङ, श्यामबहादुर तामाङ, जित बहादुर तामाङ, बुद्घिबहादुर तामाङ, शेरबहादुर तामाङ  र माइली तामाङको घर जोखिममा परेको त्यहाबाट डेलबहादुर रुम्बाले जानकारी दिनुभएको छ ।

 यसैगरी, पञ्चकन्या गाँउपालिका वडा नं. ५ साविक भदु्रटार गाविसको वडा नं. ८ पहिरो गएको छ । पहिरोले किसानले रोपेका सयौ रोपनी धानखेतलाई बगरमा परिणत गरेको गाँउपालिकको उपाध्यक्ष सिता खड्काले जानकारी दिनुभएको छ । पहिरो गएको स्थानमा गाँउपालिका, प्रहरी चौकी लगायतबाट गएको टोलीले अवलोकन गरी रोकथामको लागी पहल गरेको उहाँले जानकारी दिनुभएको छ । 

हिजो राती ११ देखिदेखि बिहान ७ बजेसम्म परेको अविरल वर्षाले जिल्लाको विभिन्न स्थानमा पहिरो गएकार त्यसबाट घर तथा बस्ती जोखिमा पु¥याएको छ भने ग्रामीणसडकहरु क्षतविक्षत बनाउको छन । सडक विस्तार भएको स्थानबाट बगेको भलबाढीले खेतीयोग्य स्थान र बाली लगाएका खेतहरुमा समेत क्षति पुगेको नुवाकोट प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) बसन्त कुंवरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई