२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पहिरोले चिनियाँ स्याउ बीच बाटोमा नै अलपत्र

२०७५, २ भाद्र शनिबार ०९:२६

भदौ २, रसुवा | पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ ।

कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान गोसाइँकुण्ड गाउँपालिका–५ त्रिशूली नदी छेउमा पहिरो गई पासाङ ल्हामु राजमार्ग क्षति भएपछि सवारी आवागमन पूर्णरुपमा बन्द हँुदा केरुङबाट स्याउ बोकी आएका ३०–४० वटा कन्टेनर डिब्बा ठूलो भार्खुदेखि स्याफ्रुबेँशीसम्म सडकका विभिन्न भागमा अलपत्र परेकोले स्याउ कुहिने सम्भावना बढ्दै गएको हो । 

पहिरो गएको २४ घण्टा बितिसक्दा पनि राजमार्ग सञ्चालनको तयारी नहुँदा श्रम गरेर जीविकोपार्जन गर्ने डिब्बा चालकलाई ठूलो मर्का परेकाले शीघ्र मर्मतका लागि सरोकार निकायसामु अग्रह गरिएको चालक लामाले बताउनुभयो । 

केही दिन अगाडि बाढी पहिरोका कारण रसुवागढी नजीक खोलाले कटान गरी सडक क्षति पु¥याएको र अर्काेतर्फ घट्टेखोला पुलसमेत ठाडो खोलाले क्षति पु¥याइ असहज परिस्थितिमा समेत डेढ किलोमिटर क्षेत्रमा मानिसद्वारा बोकाइ पल्टी गरेर ल्याएको स्याउ पुनःपल्टी गर्ने सम्भावनासमेत नभएबाट सडक पहिरो व्यवस्थापन गरिदिन आग्रह गरिदिएको सवारी धनी स्थानीय घ्युर्मी लामाले बताउनुभयो । 

क्षति भएको स्थानमाथितर्फ पहिरो तल तिर त्रिशूली नदीको चर्काे पानीको बहावले असहज अवस्था भए पनि कुनातर्फबाट छिटोभन्दा छिटो राजमार्ग सञ्चालनका लागि सामान जुटाउने काम अघि बढिसकेको डिभिजन सडक प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो । 

अलपत्र कन्टेनर डिब्बामा करीब एक करोड ६८ लाखभन्दा बढीको स्याउ रहेको बताउँदै डिब्बा धनीसमेत रहेका स्थानीय घ्युर्मी लामाले नेपालको एकमात्र उत्तरी नाका रसुवागढी व्यवस्थित पार्न सडक कार्यालयले विपद् व्यवस्थापनको निर्माण सामग्री समयमै मौज्दात राख्ने वातावरणको सिर्जना गरी दिनसमेत आग्रह गर्नुभएको छ । 

गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले भने आफ्नो कार्यक्षेत्रको आधार इलाकामा पर्ने राजमार्ग छिटो छरितो सुचारु गर्न स्थानीय सरकारका तर्फबाट सरोकारवाला निकायलाई तर ताकेता भइरहेको र पहिरो स्थल छोटा दूरीको भएकाले मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रु र नेपाल भित्रने चिनियाँ पर्यटकलाई तत्कालको समयमा मोटर पल्टी गरी ओहरदोहर गराउन सम्बन्धित ट्रेकिङ एजेन्सीलाई सुझाव दिइएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार