२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नगर सरसफाईमा छायानाथ रारा नगरपालिकाका यूवाहरु

२०७५, २ भाद्र शनिबार १५:११

दान बहादुर बुढा | भदौ २, मुगु | जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिका अन्तरगत गमगढी बजार प्रबेश गर्ने थापा बोर्डिंग, जिल्ला प्रहरी कार्यालय मुनि, मिलन चोक केशव चौलागाईको घर नजिक, रेडक्रस नजिक, सिचाई कार्यालय नजिक, गमगढी बजारको दिनप्रति दिन बढी रहेको जनसंख्याले जताततै फोहोर बढेको हुँदा सुन्दर रारा नगरपालिका फोहोर हुँदै गएपछि नगर सफाईमा यूवाहरु  लागेका छन् ।

आज शनिबार पहिलो पटक ताल्चा बिमान स्थलबाट गमगढी बजार प्रबेश गर्ने थापाबोडिङ्ग नजिक रहेको २०/२५ कुइन्टल फोहोर छायानाथ रारा नगरपालिका कार्कीबाठा गाँउका स्थानिय यूवाहरुको १ जर्दन समुहले सरसफाई गरेका छन । नगरपालिका र वडा कार्यालयले सरसफाईमा प्रथामिकता कम देखाईएको भन्दै आफुहरु निस्वार्थ रुपमा सरफाईमा लागेको सरसफाइ अभियानकर्ता बाल कर्ण कार्कीले बताएका छन् ।


यस्तैगरी लामो समयसम्म सरसफई क्षेत्रमा काम गर्दै आएका मिन बहादुर रावलका अनुसार आज मात्र नभई प्रत्यक टोल-टोल बस्ती-बस्तीमा सरसफाई र जनचेतना मुलक कार्यक्रम गर्दै राराको  सुन्दर-नगर गमगढी बजारलाई सुन्दर नगर बनाउन यूवाहरु नियमित लागी पर्ने बताए ।


छायानाथ रारा नगरपालिकाले यो बर्ष सरसफाई क्षेत्रमा ठूलो बजेट बिनियोजन गरेको छ । गमगढी बजार लगाएत नगरपालिका भित्रका बस्तीहरुलाई सफा सुन्दर राख्नको लागी बिभिन्न सरसफाई सम्बन्धि नाटक, तालिम गोष्टी, सेमिनार, बस्ती टोल-टोलमा फोहोर ब्याबस्थापन गर्नको लागि डस्बीन समेतको ब्याबस्था गरिएको छायानाथ रारा नगरपालिकाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा