2026-10-23 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

कोत भवनको पुनःनिर्माण अन्यौलमा

भदौ ६, ललितपुर | पाटन दरबार क्षेत्रमा रहेको कोत भवनको पुनःनिर्माण अघि बढ्न सकेको छैन । 

भूकम्प गएको तीन वर्ष बित्दासमेत भवनको पुनःनिर्माण अघि नबढेको पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । पहिले भारतीय दूतावासले यसको पुनःनिर्माणमा चासो देखाएको थियो । भारतीय दूतावासले विभिन्न स्मारकसँगै कोतपाटी निर्माणको नेपाल सरकारसँग सम्झौता गरेको थियो । उहाँले भन्नुभयो, “दूतावासले अहिलेसम्म निर्माणको काम थालेको छैन ।” दूतावासले गर्ने भनेकाले अरु निकायले पनि कोतपाटीको पुनःनिर्माणमा चासो देखाएका छैनन् । 

भूकम्प गएको तीन वर्ष भन्दा बढी समय बित्दासमेत कोतपाटी पुनःनिर्माणको काम अघि नबढ्दा स्थानीय आक्रोषित बन्न थालेको प्रमुख प्याकुरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सम्पदाको संरक्षण गर्नुपर्छ भन्ने जागरुकता स्थानीय बासिन्दामा आएपछि महानगरपालिकालाई पुनःनिर्माणको जिम्मा लिन आग्रह गरेका छन् ।” ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर उद्योग वाणिज्य सङ्घलाई पुनःनिर्माणका लागि सहकार्य गर्न छलफल थाल्नु भएको छ । 

पाटन दरबार क्षेत्रमा आउने पर्यटकसँग शुल्क लिँदै आए पनि ललितपुर महानगरपालिकाले यहाँको कुनै पनि स्मारकको पुनःनिर्माणमा भने चासो देखाएको छैन । पाटन दरबार क्षेत्रमा रहेका धेरै स्मारकको पुनःनिर्माण अघि बढे पनि केही स्मारक कसले बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने