Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन्: महामन्त्री कोइराला

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ६, नेपालगञ्ज | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टी सङ्गठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो , यो कुरा नेता, कार्यकर्ताले बुझ्नु पर्छ भन्नुभयो ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उहाँले वर्तमान सरकारको मूल्याङ्कन गरी हाल्नुपर्ने समय भइसकेको छैन । तर, सरकारले मुलुकका सही दिशा दिन सकेको छैन भन्नुभयो ।

यसैबीच, आजै नेपालगञ्जमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले सबैलाई मिलाएर लानुपर्ने दायित्व नेतृत्वको भएको बताउनुभयो ।

त्यस अवसरमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले कार्यकर्ताले पनि एकअर्कालाई आरोप, प्रत्यारोप गरेर हैन आफूलाई पनि सच्याउनुपर्नेमा जोड दिनुभयो ।

भेलामा बाँके काँग्रेस सभापति किरण कोइरालालगायत सहभागी कार्यकर्ताले पार्टी सङ्गठन चलायमान नभएको, गुटबन्दी बढेको, पार्टी नेतामुखी भएको, कार्यकर्तालाई काम दिन नसकेकोलगायतका गुनासा राखेका थिए ।