२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड मेलामा स्वास्थ्य शिविर

६ भाद्र २०७५, बुधबार १२:१०

ज्ञानेन्द्र न्यौपाने | भदौ ६, रसुवा | गोसाइँकुण्ड मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा आजदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । 

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धार्मिक मार्गका गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घ, लौरीविनायकमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिक रिसर्च युनिटअन्तर्गतको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गणेश गौँडामा सक्षम नेपाल नामक, चोलाङ्पाटी र चन्दनबारीमा लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणले स्वास्थ्य शिविर शुरु गरेको बताइएको छ । 

पौराणिक कथनअनुसार समुद्रमन्थन गर्दा कालकूट विष निस्केको र त्यसले संसार दग्ध गर्न आँटेकाले देवताहरूको आग्रहमा महादेव सो विष पिईँ सबै प्राणीजगत्को रक्षा गरेका थिए । विषको असरले डाहा भएपछि शीतलता खोज्दै शङ्करले गोसाइँकुण्डमा विश्राम लिएको जनविश्वास छ । त्यसैले उहाँको दर्शनार्थ हरेक वर्ष दशहरा र जनैपूर्णिमामा गोसाइँकुण्ड पुगी नीलकण्ठ दहमा स्नान गरेर पूजाराधना गर्ने चलन छ । 

समुद्री सतहदेखि चौध हजार १०० फिट उचाइमा रहेको कुण्डमा अहिले पनि शिव विराजमान रहेको बताइन्छ । गोसाइँकुण्डको पूजाराधना गर्नाले आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वास छ । काठमाडौंको गँगबु बसपार्कबाट नुवाकोटका त्रिशूली, ढुङ्गे, उत्तरगया (वेत्रावती), धैबुङ, कालिकास्थान हुँदै धुञ्चेसम्म एकदिनको मोटरयात्रा र त्यहाँबाट एक दिनको पैदलयात्रापछि भक्तजन सुलाद्रि पहाड, चन्दनबारी हुँदै नीलाद्रीको फेदीमा अवस्थित पौराणिक महत्वको गोसाइँकुण्ड पुग्ने गरेका छन् । गोसाइँकुण्डमा भाद्र शुक्ल पूर्णिमाको दिन पूजाराधना र पितृ तर्पण गर्नाले दिवङ्गत पितृको आत्मालाई शान्ति मिल्ने विश्वाससमेत रहिआएको छ । 

स्वास्थ्य शिविर गोसाइँकुण्डमा अक्सिजनसहित छ चिकित्सकको समूहले निःशुल्क उपचार सेवा दिइरहेको समितिले जनाएको छ । नेपाली सेनाले भने आफ्ना चिकित्सकद्वारा तीन दिन अगाडिदेखि उपचार सेवा प्रदान गरिरहेको र उद्धार टोलीसमेत तैनाथ गरेको कालीजङ्ग गणले जनाएको छ । 

गोसाइँकुण्ड जाने धार्मिक मार्ग सरसफाइ र मर्मत तथा होटल र लजको व्यवस्थापनसमेत भइसकेकाले यात्रुलाई खानबस्न कुनै समस्या नपर्ने अध्यक्ष डिएमले जानकारी दिनुभयो । 

नुवाकोटमा पुल भत्किएका स्थानमा सडक कार्यालयले वैकल्पिक व्यवस्था मिलाइसकेकाले काठमाडौँबाट गएका मोटर सीधै धुञ्चे पुग्नेछ । गोसाइँकुण्ड मेलाका लागि व्यवस्थापन भैसकेका अवस्थामा पुलको निहुँ बनाई केही सञ्चारमाध्यमले मेला प्रभावित भने पनि निर्धक्कताका साथ गोसाइँकुण्ड यात्रा गर्न समितिका अध्यक्ष डिएमले आग्रह गर्नुभयो । 

पुत्रदा एकादशी पर्व (भदौ ६)देखि शुरु भएको मेलामा हाल ५०० भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगिसकेका छन् । यही भदौ १० गते जनैपूर्णिमाका लागि १४ हजार पाँच सय भक्तजन गोसाइँकुण्ड पुग्ने लक्ष्य राखिएको बताइएको छ । स्थायी होटलको अलावा बास बस्नका लागि यथेष्ट अस्थायी छाप्राको व्यवस्थापन भइसकेको र जति भक्तजन आए पनि खानबस्न समस्या नहुने समितिका कोषाध्यक्ष निमा तमाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा