२३ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिश्लेषणः जहाँ करको दायरा छ त्यहाँ समृद्ध मुलुक र अनुशासनमा जनता छ

६ भाद्र २०७५, बुधबार १६:३५

प्रेम सुनार | भदौ ६, बुटवल | यति वेला एकथरीले हरेक क्षेत्रमा सरकारले कर बृद्धि गरेको भन्दै विरोधमा उत्रिएका छन ।  ति एकथोरीको विरोध पनि जायज होला । तर विगतमा कर छल्दै राज्य ठग्नेहरुले अचुक सम्पत्ति मालिक बन्ने   राज्य र जनतालाई  सधै गरिव  बनाई राखेको कुरा पनि नभुलौं । विभिन्न विकासित मुलुकमा पनि राज्य र नागरिक विच ‘टेक एण्ड गिभ’ मा ति दुबै दायित्वमा छन् ।

राज्यबाट दिनु पर्ने सुविधा र सामाजिक सुरक्षा भत्ता , जिवन विमा, उपचार विमा जस्ता कार्यक्रमहरु विकासित मुलुकमा जस्तै नेपालमा पनि उपलब्ध गराउँदै आईएको छ ।  विगतका कैयौं सरकारले  धेरै जस्ता ठुला ब्यापारीहरुलाई एक प्रकारले छाडा छोडेकै हो ।

सामन्य एउटा जिल्लामा समेत कैयौ ठुला ब्यापारिहरुले कर छल्ने गरेको हर्कत अहिले पनि नजिकबाट नियाल्न सक्छौ । उनिहरुका देखालो ब्यापार र  लुकाईदो ब्यवासय राज्यले खोज्न र करको दायरामा  ल्याउन बाँकी छ ।

बर्षऔं देखि विभिन्न पार्टीको छत्रछायाँमा रहेर, चुनावताका नेताहरुलाई टन्न चुनाव खर्च दिएर ढाकछोपमा परेका त्यस्ता ब्यापारिहरुको कर्तुत अब  सर्वसाधरण नागरिक आफैले पनि खोतल्न पर्ने जरुरी भई सकेको छ ।

रातौरात प्राकृतिक श्रोत साधनको दोहन भई रहेको छ । काठ, जंगली जनावर देखि जडिबुढीको तस्करी रोकिन सकेको छैन । ३३ किलो सुनकाण्डका भुरे माछाहरु त समाईयो तर  सायद  ठुला  माछ अजिङ्गार भन्दा ठुला र खतरनाक भएर पो हो कि ? त्यति कै बिच्कीएको जस्तो महशुस गर्न थालिएको छ ।

जसरी बिकासित मुलुकमा हरेक करामा करको दायरा छ, त्यसरी नै हरेक कुरामा राज्यबाट पनि सुविधा छ । त्यस्तै हाम्रो मुलकमा पनि भई दियो भने राज्य र जनता संग संगै माथी उक्सीन सक्ने देखिन्छ । 

हामीले हामीलाई नै एकचोटी नियालौं त  ? हामी नेपालीहरुको आर्थिक अनुशान कस्तो छ ?  अझ अन्य कुरामा हामी मध्ये धेरैको अनुशासन कस्तो छ ? विकासित मुलुकमा बाटोमा थुके पनि  सानो कागजको टुक्रा फाले पनि नियम अनुसार तत्काल जरिवाना हुन्छ ।

हामीले  कसैले नदेखे बाटैमा दिशा पिशाव गर्छौ । मुलुकमा डिटरशिप साहितको राज्य सञ्चालन हुनु पर्दो रहेछ । विना अनुशासनको  जनता र राज्य  संञ्चालक दुवै छाडा हुँदो रहेछन   विगत देखि तिनै छाडा राज्य संञ्चालक र जनताको परिणती भोग्दै छौं हामी ।

आफु सरकारमा छँदा सिन्को भाँचेर देखाउन नसक्ने, अरु सरकारमा गयो कि राम्रै खालको सुरुवातलाई पनि विरोध नै गर्नु पर्ने राजनैतिक संस्कारमा हुर्केका हामीले हाम्रो त्यो संस्कार र मानसिकता पनि त्याग्न जरुरी छ ।

विकासित भन्दा बढि  अनुशासित मुलुकहरुमा पुगियो । जहाँ दिनै रातैभर कसैका सर–समान जहाँको त्यही हुन्छन । कसैले चोररे लैजाँदैन ।   यति वेला हामी संघियता कार्यन्वयनको अभ्यासमा छौं । यसलाई सफल पार्ने दायित्वबोध राज्यले मात्र होईन सर्वसाधरण जनताले समेत गर्नु पर्छ ।

जसरी गाउँमा  विकास निर्माणमा जनश्रमतानमा जुटिन्छ त्यसरी  नै स्थानिय सरकारलाई बलियो बनाउन जुट्नु पर्दछ । जुन सरकारलाई जति बलियो आत्मनिर्भर बनाउन सकिन्छ त्यसरी नै जनता बलियो र आत्मा निर्भर हुन सकिन्छ ।

हामी जनता पनि खाली नकरात्मक सोचका पछाडी पछाडी मात्र बढि लाग्यौ कि भन्ने विवेचना गरौं । हामीलाई कसैले विरोधको स्वर निकाल्यौं कि ओईरो लाग्छौं तर सकारात्मक कुरा कमै सुन्छौ । खास विरोध गर्नु पर्ने कहाँ हो ? तपाई गाउँ टोलमा हेर्नुहोस ।

५० वर्ष अघि देखि त्यही गाउँको एउटा ठुलो बडो मात्रै सामुदायिक वन देखि कोट मन्दिर र अन्य थुप्रै स्थानको उपभोक्ता समितिको अध्यक्ष र पदाधिकारी किन छाड्न सक्दैन ? किन ति समितिको वर्षेनी खर्च आम्दानी बरावरी मात्रै देखिन्छ ? किन खोतल्दैनौ हामी ?  

स्थानिय सरकारले के हेरेर बसेको छ ? खारेज गरे त्यस्ता लामो समय देखि  एउटै ब्यक्ति रहेका उपभोक्ता समितिहरु । कोट मन्दिरका गुठीका ति प्रशस्त खेतहरु कहाँ छन । अन्य धार्मिक स्थानका पनि प्रशस्त जमिन र अन्य आम्दानीका श्रोत स्थानिय सरकारको मातहतमा नल्याए सम्म स्थानिय सरकारको ढुकुटी बलियो हुनेवाला छैन ।

जल जंगल खाली जमिन लगायतको श्रोतको पहिचान र परिचालन गर्न नसके  संघियता सफल बनाउन गाह्रो पर्ने छ । अनिवार्य  वर्षमा सय दिन रोजगार नसके बेरोजगार भत्ता , बैदेशिक राजगारमा जानेहरुलाई विमा र उद्धार लगायतका थुप्रै सुविधा राज्यले दिई रहँदा हामीले के दिने ?

भन्ने पनि सोचौं त ? हामी सधै अधिकार मात्रै खोज्यौ तर कर्तब्य खोजेनौ । यसर्थ अधिकार सहितको कर्तब्य पालना पनि गरौं । हामी सवैमा यस्तो खाले सकारात्म सोच र ब्यवहारको विकास भएन भने मुलुकको पनि विकास  हुने छैन । राज्यलाई कर तिर्नु , गल्ती गरे  नियम अनुसार जरीवाना तिर्नु एउटा असल नागरिकको कर्तब्य हो ।  त्यही असल नागरिकको ब्यवहार देखाऔं ।  पहिलै देखि राज्य ठग्नेहरु पनि अब दायरामा आउनु होस । विना अनुशासनको लोकतन्त्र मात्रै ओकल्नु र राज्यलाई नटेरेर हिड्न खोज्नु भनेको छाडा साँढे झै हुन खोज्नु जस्तै हो कि ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो अमेरिकामा छोराले गोली हानेर मारे आफ्नै आमा आज सागसब्जी र फलफूलको मूल्य कति छ ?