2026-09-19 09:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

ज्यान मारेको अभियोगमा फरार ब्यक्ति १३ वर्षपछि पक्राउ

चिसाङ शेर्पा | भदौ ७, खोटाङ | ज्यान मारेको अभियोगमा पक्राउ परी फरार रहेका प्रतिवादी बिर बहादुर तामाङ पुनः पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका तामाङलाई १३ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।

२०६० साल असोज १५ गते साविक खार्मी गाविस वडा नं. ४ का २१ वर्षीय नवराज दाहाललाई कुटपिट गरी ज्यान मारेको अभियोगमा पक्राउ परी तत्काल जिल्ला अदालत खोटाङले पुर्पक्षको लागि जिल्ला कारागार चलान गराएकोमा २०६२ साल असार ५ गते कारागार आक्रमण हुंदा फरार रहेका ३६ वर्षीय तामाङलाई बिहीबार निजको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

पक्राउ परेका तामाङलाई जिल्ला अदालत खोटाङले २०६३ साल फागुन ६ गते २० बर्ष कैद सजाय हुने फैसला सुनाएकोे थियो । डेढ वर्ष कैद भुक्तान गरि फरार रहेका निज तामाङले अब १८ बर्ष ३ महिना २० दिन कैद सजाय भुक्तान गर्न बाँकी छ । उनलाई आजै फैसला कार्यान्वयनको लागी कारागार पठाईएको छ ।

कुटपिट गरी दाहालको हत्यामा संलग्न पक्राउ परी थुनामा रहेका तीनजना कारागार आक्रमण हुंदा फरार रहेका थिए । तीन मध्ये यसअघि एकजना र तामाङ सहित दुईजना पक्राउ परेका हुन् । थप एकको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई