२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

उपचारमा सक्षम बन्दै मप अस्पताल, छिनिएको हातको सुर्खेतमै सफल शल्यक्रिया

८ भाद्र २०७५, शुक्रबार १६:४५

भदौ ८, सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतले एकपछि अर्को गर्दै उपचारमा सफल शल्यक्रिया गर्न थालेको छ । सामान्य प्रकृतिका विरामीहरुलाई उपचार गर्न नेपालगञ्ज पुग्नु पर्ने बाध्यताको अन्त्य गर्दै अस्पतालमा कार्यरत डाक्टरहरुले सुर्खेतमै गरेका जटिल प्रकृतिका शल्यक्रियाहरु सफल भएका छन् ।

सुर्खेतमा एक बिरामीको छिनालिएको हात जोडेर मप अस्पतालका डाक्टरहरुले नयाँ जीवन दिएका छन् । बारबर्दिया–४ गुरुवागाउँ बर्दिया घर भएका २४ वर्षिय रमेश थारु वीरेन्द्रनगरमा घर निर्माण गर्ने क्रममा छतबाट लडेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ डा.मंगल रावल, डा.हरिहर देवकोटा, डा.रमेश भट्टराई र सुर्खेत अस्पतालका डा.हरि सापकोटाको टोलीले बिरामी थारुको छिनालिएको दायाँ हातको सफल शल्यक्रिया गरेर जोडेका छन् । थारुको साउन ३१ गते सुर्खेत एयरपोर्टस्थित घरको काम गर्ने क्रममा छतबाट खसेको टिनको पाताले दायाँ हात छिनालेको थियो ।

हात छिनालिँदा घटनास्थलमै उनको चार लिटर बढी रगत बगेको र तत्काल माया नर्सिङ् होममा प्राथमिक उपचारगरी क्षेत्रीय अस्पतालमा ल्याईएको डा. रावलले जानकारी दिए । ‘छिनालिएको हात जोडिनु पश्चिम नेपालमै ठूलो सफल शल्यक्रिया भएको डा.रावलले भनाई छ । यस्तो खाले जटिल शल्यक्रियामा कमै मान्छेको मात्र जीवन बचाउन सकिने भएकाले छिनालिएको हातबाट शरीरको अधिकतम् रगत बगिसकेको र सबै रक्तनलीका छिनिएकोले चूनौतिका बीचबाट यो शल्यक्रिया गरिएको बताए ।

‘हात छिनिएका थारुको शरिर कागजजस्तो सेतो भईसकेका थियो’ शल्यक्रियामा संलग्न डा.रमेश भट्टराईले भने, ‘सात पिन्ट रगत दिइएर उनलाई तत्काल शल्यक्रियामा गरेर नयाँ जीवन दिन सफल भएका छौं ।’ डा.हरिहर देवकोटाले बिरामी थारुले रगतसहित तुरुन्तै उपचार पाएर मात्र ज्यान जोगिएको जानकारी दिए । ‘नेपालगञ्जसम्म पु¥याउनु पर्ने भए थारुको बाटोमै ज्यान जान्थ्यो’ डा. देवकोटाले भने, ‘यदि यही अवस्था दुर्गममा भए बिरामीको अकालमा ज्यान जान्थ्यो । बिरामी जोगिनुमा चिकित्सक टोलीको ठूलो हात छ ।’ बिरामी थारुले गईसकेको जीवन फर्काउने चिकित्सकहरुलाई भगवानको उपमा दिएका छिन् । उनकी पत्नी २२ वर्षीय चन्द्रानी थारुले आफ्नो गरिब परिवारका निम्ति डाक्टरहरुले कहिल्यै नभूल्ने गुण लगाएको बताएकी छन् ।

मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा.डम्बर खड्काले नेपालको पहिलो फिस्टुला अस्पतालका रुपमा परिचित यस अस्पतालको चिकित्सक टोलीले सफलता हासिल गरेको जानकारी दिए । ईच्छाशक्ति र टोलीको साझा प्रयासले नसोचेको कुरा पनि हुँदो रहेछ’ उनले भने ‘अब कर्णालीका जनताले धेरै ठूलो खर्च गरेर नीजि अस्पताल धाउनु पर्दैन् । हामी नै जटिल प्रकृतिका विरामीहरुको सुर्खेतमै उपचार गर्न सक्षम छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै