२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनापछि शून्यबाटै अनुसन्धान सुरु

१० भाद्र २०७५, आईतवार ०२:२२

भदौ १०, कञ्चनपुर । निर्मला पन्तको हत्या भएको एक महिनामा घटनाबारे बल्ल अनुसन्धान सुरु भएको छ। कञ्चनपुरमा खटिएर आएका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले शुक्रबारदेखि घटनाबारे अनुसन्धान थालेका हुन् । 

आजको नागरिक दैनिकमा समाचार छ । यस क्रममा अदालतको अनुमति लिएर रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।

यसअघिका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले घटनाबारे थालेको अनुसन्धान प्रक्रियाप्रति असन्तुष्ट जनाउँदै स्थानीयले महेन्द्रनगरमा आन्दोलन चर्काएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खड्का, प्रहरी उपरीक्षक डिल्ली बिष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीलगायत गृह मन्त्रालय तानिएका थिए। उनीहरूको सट्टामा गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख खटाएपछि उनीहरूको नेतृत्वमा स्थानीयको मागबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार एक महिना भएको छ। ‘एक महिनापहिले गरिनुपर्ने अनुसन्धान हामीले फेरि शून्यबाटै सुरु गरेका छौं’, प्रमुख जिल्ला अधिकारी अधिकारीले भने, ‘घटनामा संलग्न सानोदेखि ठूलासम्म सबैलाई कारबाहीको दायरामा ल्याएरै छाड्छौं ।’ अनुसन्धानका क्रममा दोषी देखिएमा यसअघिका प्रहरी अधिकारीलाई पनि निलम्बनसहित कारबाही गरिने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा