2026-09-14 01:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२० बर्षिय युवाद्धारा ६ वर्षिया वालिका बलात्कृत

प्रेम सुनार | भदौ १०,  बुटवल | प्रदेश–५ का केहि जिल्लाहरुमा वलात्कारका घटना बढेका छन । यस प्रदेशको राजधानी मानिने रुपन्देहीमा मात्र पछिल्लो पाँच दिनको अन्तरालमा ६ वर्षिया बालिका सहित ३ वटा वलात्कार घटना भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

केहि महिना अघि ज्युदै जलाएर हत्या गरिएकी किशोरी कै गाउँ कञ्चन गाउँपालिकामा फेरी अर्को जघन्य प्रकारको घटना  घटेको छ । सो गाउँपालिका वडा नम्वर ३ धमिनापालमा भदौ ६ गते राती करिव ११ वजेको समयमा स्थानिय २० वर्षिय विकल्प पुनले ६ वर्षिया वालिकालाई वारीमा लगेर मुख थुन्दै वलात्कार गरेको सालझण्डी ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपेश वस्यालले जानकारी दिए ।

उनले भने–‘ त्यस दिन राती त्यहाँको एक घरमा तिज गित नाचगानको कार्यक्रम रहेछ । त्यहाँबाट करिव डेढ सय मिटर पर मकैवारीमा लगेर निज पुनले ति वालिकालाई बलात्कार गरेका थिए । उनि विरुद्ध अदालतमा म्याद थप गरी मुद्धा अगाडी बढाईको छ ।’

उनका अनुसार  उनले ति वालिकालाई बलात्कार गरिरहेको अवस्थामा त्यसै रामरमितामा भएकाहरुले छुटाएर पिडकलाई प्रहरीमा बुझाएका हुन । त्यस दिन ति वालिकाकी आमा वुटवलतिर गएकी थिईन । उनि धादिङ्ग घर भई श्रीमान संग अलग भई माईती मै दुई सन्तान सहित  बस्दै आएकी थिईन ।

यता वुटवल ईलाका प्रहरी कार्यालयमा पनि एक हप्ताको अन्तरालमा दुई वटा वलात्कार घटनाका मुदा दायर भएको त्यहाँका प्रहरी प्रमुख डिल्ली मल्लले जानकारी दिए । मल्लका अनुसार बुटवाल उपमहानगरपालिका वडा नम्वर ११ कालिका नगरस्थित चिप्स फ्याक्टरीको गोदाम भित्रै भदौ ७ गते साढे १२ वजेको समयमा  एउटी कामदार महिला बलात्कृत भएकी छन ।

उता प्रदेश ५ कै पुर्वी रुकुममा यसै हप्ता १६ वर्षिया किशोरीलाई १८ बर्षिय किशोरले वलात्कार गरेको मुद्धा दायर भएको त्यहाँका प्रहरी प्रमुख डिएसपी लोकनाथ तिम्लिसेनाले जानकारी दिए । ३३ वर्षिया मुसिकोट ए ( नाम परिवर्तित ) महिलालाई सोही वडाका गोपाल भन्ने ४८ वर्षिय मेकबहादुर कौशलले वलात्कार गरेको अवस्थामा प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेको छ ।

त्यस्तै भदौ ४ गते साढे सात बजेको समयमा तिलोत्तमा नगरपालिका–६, मणिग्राममा बर्ष १६ की कञ्जुलापुर ( नाम परिवर्तन ) कि किशोरीलाई सोही वडामा दुई  जना पुरुषहरुले सामुहिक वलात्कार गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरी मुद्धा चलान गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही तिलोत्तममा–६ का ४९ वर्षिय देवेन्द्र नारायण चौथरी , र सप्तरी जिल्ला सोम नगरपालिका–६ भई सोही स्थानमा बस्दै आएका  बर्ष १९ का सन्तोष चौधरी रहेका छन ।

उनिहरुलाई अदालतमा म्याद थप गरी मुद्धा अगाडी बढाईएको डिएसपी मल्ले जानकारी दिए ।  उता  पाहडी जिल्ला पुर्वी रुकुम र गुल्मीमा पनि यस हप्ता भित्र दुई वलात्कार घटना घटेका छन । रुकुममा १६ बर्षिया किशोरीलाई १८ बर्षिय युवाले बलात्कार गरेको त्यहाँका प्रहरी प्रमुख डिएसपी लोकनाथ तिम्लिसेनाले जानकारी दिए । 

गुल्मीको ईस्मागाउँपालिका वडा नम्वर–५ म्याला विसौनाका ५६ वर्षिय ८ सन्तानका बाबु धनबहादुर चुँदराले स्थानिय मानसिक सन्तुलन ठिक नभएकी ४६ बर्षिया महिलालाई भदौ ७ गते साढे दश वजेको सयममा एउटा कयरोमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी रोशन खड्काले जानकारी दिए । त्यस कार्यालय मुद्धाफाँटका सई शेरबहादुर खत्रीले निजलाई अदालतबाट ७ दिन म्याद थपेर कार्वाही प्रकृया अगाडी बढाईएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले