मन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
मन"/>
2026-09-08 01:19 PM
पर्यटन

घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिंदै


मनोज पराजुली, भदौ १०, लमजुङ। सार्क पर्यटन गाउँको रुपमा रहेको घलेगाउँलाई स्मार्ट भिलेज बनाउने कार्यक्रमले तीव्रता लिएको छ। पर्यटकीय गन्तव्यको रुपमा चिनिएको घलेगाउँको विकास साथै प्रचार प्रचार गर्नको लागि विभिन्न समिति गठन गरि काम शुरु गरिएको छ ।
स्मार्ट भिलेज बनाउने अभियान अन्तरगत आइतबार देखि औपचारिक कार्यक्रमहरुको शुरूवात गरिएको क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष एवं घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर घलेले जानकारी दिए । आज समुदाय वरपर सरसफाइका साथै सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए।

घले गाउँको पर्यटन प्रवर्द्धन गर्नको लागि गण्डकी प्रदेश सरकार र तारा गाउँ विकास समितिसंग आवश्यक रकम माग गरिएको प्रेम घलेले बताए। गाउँका सबै घरका छाना एकै कलरको बनाउने र यस क्षेत्रका भौतिक संरचनाको विकासको लागि पहल भैईरहेको उनले बताए ।

घलेगाउँ २०७४ सालको उत्कृष्ट सामुदायिक होमस्टे बन्न सफल भएको थियो । २०५७ सालदेखि पर्यटन प्रवर्द्धनका कार्यक्रम गरी घलेगाउँमा होमस्टे सञ्चालन हुँदै आएको छ। पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताका कारण स्वदेशी तथा बिदेशी पर्यटकको रोजाइमा घलेगाउँ पर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल