३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

एच.डि.सी.एसले पायो अन्तराष्ट्रिय अवार्ड

१७ आश्विन २०७२, आईतवार २०:०८

SGS

पूर्णप्रसाद न्यौपाने । असोज १७, ओखलढुंगा । मानव विकास
तथा सामुदायिक सेवा एच.डि.सी.एस ले अन्तराष्ट्रिय अवार्ड पाएको छ । सामाजिक क्षेत्रमा उत्कृष्ट सेवा
गरेको भन्दै अन्तराष्ट्रिय प्रोजेक्ट म्यानेजमेन्ट यशोशेसियन पानामा सम्मेलन वाट एच.डि.सी.एसले
अन्तराष्ट्रिय अवार्ड पाएको हो । अन्तराष्ट्रिय स्तरको पदक तथा प्रमाण पत्र ग्रहण पछि एच.डि.सी.एस.का
डाईरेक्टर डा. तिर्थ वहादुर थापाले संस्थाले ग्रामिण क्षेत्रमा सामुदायिक सेवा र परियोजना विकासमा दिएको
योगदानको सहि मूल्याङ्कन भएको भन्दै खुःसी व्यक्त गर्नुभयो । प्राप्त अवार्ड र उपलब्धीले संस्थालाई थप
जिम्मेवार बनाएको उहाँको भनाई छ ।

माजिक क्षेत्रमा कार्यरत
राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुको सम्मेलन वाट नेपालमा कार्यरत मानव विकास तथा
सामुदायिक सेवाले कास्य पदक प्राप्त गरेको हो । अन्तराष्ट्रिय प्रोजेक्ट म्यानेजमेन्ट यशोसेसियन पानामा
देशले विश्वभरी रहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सम्मेलन गरेको थियो । सामुदायिक
क्षेत्रमा कार्यरत संस्थाहरुको व्यवस्थापन पक्ष नितिनियम ,कार्यशैली,र रणनितिको विषयमा अनुसन्धान गरिएको
थियो । मानव विकास तथा सामुदायिक सेवाले स्वास्थ्य, शिक्षा, सुचना,र विपद व्यवस्थापनमा विगत २० वर्ष
पहिले देखि नेपालका विभिन्न स्थानमा कार्यक्षेत्र बनाएर काम गर्दै आईरहेको छ । ललितपुर जिल्लाको सैंबुमा
मूख्य कार्यालय रहेको संस्थाले शिक्षाको क्षेत्रमा आशा वालविकास सेवा,काठमाडौ अन्तराष्ट्रिय अध्ययन
केन्द्र सञ्चारका क्षेत्रमा आफनो एफ.एम.ओखलढुंगा स्वास्थ्य सेवा क्षेत्रमा लम्जुगं जिल्ला अस्पताल र
चौरजहारी अस्पताल रुकुममा सेवा प्रदान गर्दै आईरहेको छ ।

सेप्टेम्वर २८ देखि ३० अर्थात असोज ११ गते देखि १३ गते सम्म संचालन भएको पानामा विश्व सम्मेलन
वाट एच.डि.सी.एसले सो अवार्ड प्राप्त गरेको हो । ग्रामिण क्षेत्रमा सामुदायिक सेवा र परियोजना विकासमा
एच.डि.सी.एस.ले लिएको व्यवस्थापनको विधि नमुना सावित भएको सम्मेलनमा सहभागीेले वताएका थिए ।
अन्तराष्ट्रिय स्तरको सम्मानले संस्थाको विकास र संस्थाद्धारा गरिने काममा थप प्रभावकारीता ल्याउन मद्धत
पुग्ने एच.डि.सी.एसद्धारा सञ्चालीत आफनो एफ.एम.ओखलढुंगाका संयोजक विजय मानन्धरले बताउनुभयो । सम्मानीत
भएपछि एच.डि.सी.एसमा आवद्ध कर्मचारीहरु पनि खुसी भएका छन् । भने संस्थालाई चौतर्फी शुभकामना र बधाई
प्राप्त भईरहेका छन् । उक्त अवार्ड प्राप्त गर्ने पहिलो देश मोरोकको र दोस्रो पानामा हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली