2026-09-13 09:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा मटिहानीको झुलनोत्सव पर्व सम्पन्न

भदौ ११, गौशाला | मिथिलाञ्चल लगायत महोत्तरी जिल्लाको मटिहानीस्थित लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइएको झुलनोत्सव पर्व आज सम्पन्न भएको छ । 

यस वर्ष भदौको तृतीयादेखि पुर्णिमासम्म मनाइएको सो पर्व गए राति भगवान् रामचन्द्र र माता जानकीलाई मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा अन्तिम पटक झुला झुलाइदै आज बिहान झुलनोत्सव पर्व सम्पन्न भएको हो । 

सो अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजासाथ भगवान् राम सीताको मुर्ति राखी भजन किर्तन गर्दै झुलाघरमा झुलाइएको थियो । 

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र बिहारका विभिन्न मठ मन्दिरमा झुला पर्व धुमधामका साथ सम्पन्न भएको छ । साधु, सन्त, महात्मा र मिथिलावासीहरु मिलेर झुला घरमा राम सीताको मुर्ति राखी धार्मिक गीत र भजन किर्तनसाथ गए राति अन्तिम झुला रहेकोले रातभरि नै झुला झुलाइएको कुरा लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्णवले बताउनुभयो । 

भगवान् राम सीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै प्रत्येक वर्ष पर्व सम्पन्न गरिन्छ । सो अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरियो । मेला हेर्न र भगवान् राम सीताको भुलनोत्सवमा सहभागी हुन नेपाल भारतका श्रद्धालुहरुको भिड लागेको थियो । साँस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला, लक्ष्मीनारायण लगायतका मूर्ति बाजागाजासाथ झुलाउने परम्परा छ । 

मिथिला क्षेत्रमा प्रत्येक वर्ष कृषि रोपाइँ सकिने वित्तिकै झुला पर्वको रौनक शुरु हुन्छ भन्ने प्रत्येक मठ मन्दिरमा राति अबेरसम्म कजरी र मलारजस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा गाउँघरका र वरपरका श्रद्धालुहरु जम्मा हुने, भजन कीर्तन गर्ने, नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । वृन्दावनमा पनि यो झुला कृष्णलीलाका रुपमा मनाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन