2026-10-18 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

सन्धिखर्कमा संचालित पाणिनि बहुमुखी क्याम्पस आंगिक मान्यता प्राप्त

भाद्र–१२,अर्घाखाँची | अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा संचालित पाणिनि बहुमुखी क्याम्पस आंगिक मान्यता प्राप्त भएको छ । मध्य पश्चिम विश्व विद्यालयको काठमाडौंमा सम्पन्न आठौं साधारणसभा अर्थात सिनेट बैठकले अर्घाखाँचीको पाणिनि बहुमुखी क्यामपस सहित रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मी, सिद्धार्थ क्याम्पस कपिलवस्तु, शहीद नारायण प्रसाद रामापुर क्याम्पस रुपन्देही सहित १० वटा सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिएसंगै अर्घाखाँचीको शैक्षिक धरोहरको रुपमा स्थापित पाणिनि बहुमुखी क्यामपस आंगिक मान्यता प्राप्त भएको हो ।

 १० वटा क्याम्पसलाई आंगिक मान्यता दिने निर्णय गरेको सिनेट बैठकले संकायको विस्तार गर्ने र यसै बर्ष देखी कानुन र कृषि विषयमा संकाय सञ्चालन गर्ने नीतिगत नीति तथा कार्यक्रम समेत पारित गरेको विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लले जानकारी दिनुभएको छ । विश्व विद्यालयले चालु आर्थिक वर्षका लागि १ अर्ब १६ करोड बराबरको बजेट पनि ल्याएको छ ।स्थानिय बुद्धिजिवी,शिक्षाप्रेमी र सरोकारवालाको अथक प्रयासपछि बि.सं.२०४५ सालमा  स्थापना भइ उच्च शिक्षाको ज्योति छर्दै आएको पाणिनि बहुमुखी क्याम्पसले आंगिकको मान्यता पाएसंगै जिल्लावासीमा खुशियाली छाएको छ ।पाणिनि बहुमुखी क्याम्पसले अहिले ब्याच्लर तर्फ मानविकी,शिक्षा शास्त्र र डिग्रीतर्फ ब्यबस्थापन संगै शिक्षा शास्त्र तर्फ इपिम,नेपाली र स्वास्थ्य शिक्षा को पठनपाठन संचालन गर्दै आएको छ ।यस क्याम्पसका सबै तहमा गरि अहिले ७ सय जना विद्यार्थीले अध्ययन गरिरहेको प्रध्यापक दोर्ण प्रसाद भुसालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु