2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

डिएसपी हुँ भन्दै ठगी गर्ने नुवाकोटकी महिला हवल्दार काठमाण्डौबाट पक्राउ

भदौ १२, काठमाडौं ।  महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दारलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी–७ की सीता तिवारी रहेकी छिन् । 

तिवारीविरुद्द पदीय मर्यादा विपरित ठगी गरेको उजुरी परेको थियो। सोहि उजुरीको आधारमा उनलाई प्रहरीले पक्रउ गरेको हो ।

लामो समयदेखि ‘म वकिल हुँ, न्यायाधीशलाई भनेर मुद्दा जिताउँछु’ भनेर ठगी गर्दै हिँड्ने उनका श्रीमान मनोहर तिवारीसँग मिलेर प्रहरी हवल्दार सीताले ‘म डिएसपी हुँ’ भन्दै ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ।

त्रिभुवन विमानस्थलमा कार्यरत सीताले आफ्ना श्रीमान मनोहरले अदालत परिसरमा भेटिएकालाई ‘मुद्दा मिलाउँछु’ भन्दै भ्रम सिर्जना गरेर ठगी गरेपछि पैसा माग्न बालाजुस्थित घरमा जाने पीडितहरुलाई प्रहरी नायव उपरीक्षक (डिएसपी)को बर्दी लगाएर धाकधम्की दिने गरेको उनीमाथि उजुरी परेको छ ।

पीडितहरुको जाहेरीपछि गएको साउन अन्तिम साता नै प्रहरीले मनोहर तिवारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

ठगीमा संलग्न भएको खुलेपछि भदौ ३ गते पक्राउ परेकी हवल्दार सीताको सम्बन्धमा संगठित अपराध तथा ठगी मुद्दामा अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई