2026-07-24 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

स्थानीय तहमा कर्मचारीको अभाव हुँदैन: मन्त्री पण्डित

भदौ १२, भक्तपुर | सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा अब कर्मचारीको अभाव नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “लोकसेवा आयोगले धमाधम नयाँ जनशक्ति निकाल्दै छ, आयोगले विज्ञापन रोक्दैन, आवश्यकताअनुसार खोलिरहन्छ, ती कर्मचारी स्थानीय तहमा पठाइन्छ, कर्मचारी अभाव हँुदैन ।” 

भक्तपुरबाट प्रकाशित हुँदै आएको डोलेश्वर दैनिकको प्रथम वार्षिकोत्सव एवं इ डोलेश्वर डट कम अनलाइन संस्करणको आज आयोजित शुभारम्भ कार्यक्रममा मन्त्री पण्डितले पत्रकारले पनि सही ढङ्गले आफ्नो जिम्मेवारी पूरा गरे कुनै पनि कानूनदेखि डराउनु नपर्ने बताउनुभयो । सरकार, जनता, कर्मचारी, पत्रकार सबै आ–आफ्नो ठाउँमा जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री पण्डितले भन्नुभयो, “पत्रकार मित्रहरु गल्ती गर्नुभएको छैन भने देवानी तथा फौजदारी संहिताबाट डराउनु पर्दैन, कुनै दण्ड भोग्नु पनि पर्दैन, यदि गल्ती गर्नुभएको छ भने छुट माग्न पाउनु हुन्न ।” 

कार्यक्रममा सांसद महेश बस्नेतले लोकतन्त्रलाई अराजकतन्त्रका रुपमा लैजान नहुने बताउँदै प्रेसलाई सङ्कुचित बनाउने गरी संहिता आएको हो भने त्यसलाई संशोधन गरेर जान संसद्मा आवाज उठाउन आफू तयार रहेको बताउनुभयो । प्रदेश नं. ३ का प्रदेश सदस्य शशीजंग थापाले पत्रपत्रिका, अनलाइन र सञ्चारमाध्यमले अब विकासका समाचारलाई प्राथमिकता दिनुपर्छ भन्नुभयो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली काँग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापा, प्रेस काउन्सिलका सदस्य गोविन्द चौलागाई, प्रेस अर्गनाईजेसनका केन्द्रीय सदस्य सोम शर्मा (बजगाई), कलाकार जीतु नेपाल, डोलेश्वर दैनिकका व्यवस्थापक जनक गिरी, प्रकाशक सम्पादक पेशल आचार्यलगायतले निष्पक्ष र विभेदरहित समाचारका रुपमा सञ्चार माध्यम अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । 

पत्रकारिता पुरस्कार एवं सम्मान 

कार्यक्रममा मन्त्री पण्डितले नगद रु ११ हजार १११ राशिको डोलेश्वर दैनिक पत्रकारिता पुरस्कार र सम्मान नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलाई प्रदान गर्नुभयो । उहाँले राससकर्मी रमेश गिरी, रोशन प्रसाई र विजय धौभडेललाई सम्मान गर्नुभयो । हरेक वर्ष एकजना पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार प्रदान गर्ने आचार्यले घोषणा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक